Advertisements
केहि बर्ष अगाडि भारतको हिमाञ्चल प्रदेशको राजधानी शिमला स्थित इन्डियन इन्स्टीच्यूड अफ एडभान्स स्टडीबाट रहस्यमय तरिकाले चोरि भएको थियो । अष्टधातु बाट बनेको ३० किलो वजन भएको निकै दुर्लभ घण्टा । उक्त ३० केजि रहेको घण्टा १९०३ मा तात्कालिन राजा पृथ्वी बीर विक्रम शाह नेपालको राजाले भारत भ्रमणका क्रममा नेपालको तर्फबाट उपहार स्वरुप प्रदान गरेको थियो । अहिलेको समयमा यसको मुल्य अरबौ रुपैया पर्नसक्ने अनुमान गरिन्छ । सन् २०१० अप्रिल २२ का दिन सुरक्षाकर्मी तैनाथ रहेकै अवस्थामा चोरी भएको थियो । चोरिपछि त्यहाँको अवस्था अनुसार चोरहरुले उक्त घण्टा १ सय मिटर सम्म घिसारेर गाडिमा हालि लगेको हुनसक्ने बताइन्छ ।  उक्त घण्टाको चोरी सम्बन्धी जाँच गर्नका लागि सिबिआइलाई जिम्मा दिइएको थियो। तर हाल सम्म केहि पत्ता लगाउन सकेको छन् । उक्त चोरी विदेशी ग्याङले गरेको हुनसक्ने अनुमान मात्र लगाइएको छ ।

यसै घटनालाई आधार मानेर बलिउड फिल्म समेत बनाउने तयारी शुरु भैसकेको छ । शिम्लाका बेस्ट बलिउड कलाकार ह्यापी शर्माले मुम्बई फोन गरेर यसबारेमा खुलासा गरेका थिए । साथै ह्यापी शर्मा भन्छन् यस्ता पुरातात्विक सामानहरु विदेशहरुमा पनि रहस्यमय तरिकाले चोरी भएको चर्चा सुनिन्छ तर हिमाञ्चल जस्तो शान्त प्रदेशमा इन्डियन इन्स्टीच्यूड अफ एडभान्स स्टडीबाट चोरी हुनु निकै ठूलो भएको बताए । ह्यापीले बताए अनुसार नोभेम्बर महिना भित्र उनि शिम्ला आएर पुलिससँग चोरी सँग सम्बन्धित सबै तथ्य जुटाउने र यसै बिषयलाई समेटेर  फिल्म लेखकहरु सँग कुराकानी गरी फिल्म बनाउने फैसला समेत गरेका छन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top