Advertisements
एनसेलले ‘भिडियो फर नेपाल’ नामक अभियान शुरु गरेको छ । जो कोहीले पनि पर्यटकीय सुन्दरतासम्बन्धी भिडियो क्लिप पठाएर पर्यटन प्रवद्र्धनका लागि योगदान पुर्याउन सक्नेछन्। भूकम्पपश्चात नेपालमा पर्यटकको आगमनमा करिब ४० प्रतिशतले ह्रास आउने जस्ता प्रक्षेपण गरिएको परिप्रेक्षमा सबैले आ–आफ्नो ठाउँबाट देशको सुन्दरतालाई उजागर गर्दै पर्यटकलाई सकारात्मक सन्देश दिई नेपाल आउन प्रेरित गरौं भन्ने अभिप्रायले एनसेलले यो राष्ट्रिय पहल शुरू गरिएको एनसेलले जनाएको छ।
‘भिडियो फर नेपाल’ अभियानअन्तर्गत इच्छुक व्यक्तिले नेपालको बारेमा रोचक भिडियो बनाएर एनसेलमा पठाउन सक्छन्। यसरी प्राप्त भिडियोमध्ये उत्कृष्ट भिडियोबाट नेपालको बारेमा एउटा रोचक भिडियो बनाइनेछ, जसले संसारभर ‘नेपाल एक अलौकिक सौन्दर्यले भरिएको देश हो जुनअझै पनि पर्यटकीय दृष्टिकोणबाट सुरक्षि तर पुग्नै पर्ने गन्तव्य हो’ भन्ने सन्देश दिनेछ।
यो अभियानमा विद्यार्थी, उद्यमी, निर्मातालगायत सबैले भाग लिन सक्छन्। भिडियो राम्रो गुणस्तरको, कम्तिमा एक मिनेटको र ओरिजिनल हुनुपर्नेछ। सहभागीले नेपालको प्राकृतिक तथा भौगोलिक सौन्दर्य, कला, संस्कृति, पोशाक, जीवनशैलीलगायतका विभिन्न विषयलाई आफ्नै शैलीमा प्रस्तुत गरी ‘http://ncell.com.np/videofornepal’ मा अपलोड गर्न अथवा ड्रपबक्स वा गुगल ड्राईभबाट पनि पठाउन सक्छन्। साथै भिडियो पठाउनु अघि व्यतिmगत विवरण पनि उपलब्ध गराउनपर्नेछ। भिडियो भदौ १३ गतेसम्म पठाइसक्नु पर्नेछ। छनोटमा परेका भिडियो बनाउने व्यक्तिको नाम भिडियो फर नेपालको फाइनल भिडियोमा राखिनेछ। साथै १० लाख सेकेन्डको अननेट टक टाइम पनि उपहार स्वरूपप्रदान गरिने कम्पनीले जाएको छ। यसरी प्राप्त टक टाइम ३० दिनसम्म मान्य हुनेछ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top