Advertisements
पोखरा : भारतको अघोषित नाकाबन्दीसँगै हाहाकार भएको पेट्रोलियम पदार्थको आपूर्तिमा आज भने पोखराका उपभोक्ताले राहत पाउने भएका छन् । नेपाल आयल निगमको गगनगौंडा डिपोबाट पोखराका १२ वटा पेट्रोल पम्पमा ४४ हजार लिटर पेट्रोल बितरण हुँदैछ । पेट्रोल बितरण हुने पम्पहरुमा पोखराका कमला आयल स्टोर्स नागढुंगा, बराल आयल स्टोर्स मासबार, मनकामना आयल स्टोर्स बुद्धचोक, अटोक्लिन नयाँ बजार, रानीपौवा आयल स्टोर्स रानीपौवा, न्यूविवेक आयल स्टोर्स नयाँ बजार रहेका छन् ।
यसैगरी वि एस आयल स्टोर्स छोरेपाटन, लान्द्रुक आयल स्टोर्स सिमपानी, गण्डकी आयल स्टोर्स अमरसिंह चोक, जुपिटर आयल सप्लायर्स विजयपुर र शशस्त्र प्रहरीको कालिका आयल स्टोर्स रहेका छन् । यि पम्पहरुबाट स्कुटरलाई ३ सय रुपैयाको, मोटर साइकललाई ५ सय र नीजि सवारी कारलाई १ हजार तथा भाडाका ट्याक्सीलाई १ हजार ५ सयको पेट्रोल उपलब्ध गराउने निर्णय भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले जानकारी दिएका छन् ।
यसैगरी आज पोखराका विभिन्न पम्पहरुमा ३६ हजार लिटर डिजल बितरण गरिने जनाइएको छ । विद्यालयका गाडी, खानेपानी, दुध, एम्वुलेन्स, सुरक्षा र भाडाका सवारी साधनलाई तालिका बनाएर बितरण गरिने जनाइएको छ । स्रोत: बिगन्यूज


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top