Advertisements
किशनगन्ज भारत: अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमको प्रजिडेन्ट असदुद्दीन ओवैसीको भाई अकबरुद्दीन ओवैसीले भारत बिहारको किशनगन्जमा भएको एउटा चुनाव र्‌‍यालीलाई सम्बोधन गरेका थिए । उक्त र्‍यालिमा उनले नरेन्द्र मोदि विरुद्ध बोलिले तिखो प्रहार प्रहार गरे । उनले मोदी विरुद्ध बोल्ने क्रममा धेरै आपत्तिजनक शब्दहरुको प्रयोग गरेका थिए । उनले गुजरातमा २००२ मा भएको दङ्गा लाई लिएर मोदिलाई 'शैतान' र 'जालिम' सम्म भन्न भ्याए ।

अकबरुद्दीन ले भने, "गुजरातमा मुसलमान लाई घेरी घेरी मारिएको थियो । बच्चा र महिलाहरुलाई जिउँदै जलाइएको थियो त्यस बेला काँग्रेस कहाँ थियो? गुजरातको हत्याराको हातमा हथगडी लगाउने र जेल पठाइएको भए हामीलाई लाग्थ्यो कि काँग्रेस हाम्रा साथिहरुका लागि गम्भीर छ तर त्यसो भएन ।" अकबरुद्दीनले यो पनि भने, "उनिहरु हामीलाई अारोप लगाउँछन् कि मुसलमान ज्यादा बच्चा जन्माउँछन् । म जनगणना हेर्छु त त्यहाँ थाहा हुन्छ कि जनमको समय सबैभन्दा बढि मुस्लिम बच्चाको मृत्यो हुने गर्दछ । के यो न्याय हो? तिमिहरुको साथमा कुनै जवाफ छैन तर तिमिहरु हामीलाई ज्यादा बच्चे पैदा गर्ने आरोप लगाउँछौ "



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top