खुमबहादुर खड्कालाई सरकारले उपचारका लागि २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मृगौलामा गम्भीर समस्या देखिएपछि खड्का दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् । यस्तै मन्त्रीपरिषदले सगरमाथा आरोही मीनबहादुर शेरचनलाई ३ लाख रुपैया दिने निर्णय गरेको छ ।
खुमबहादुर खड्का लाई सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले २०४८ देखि २०५९ सालसम्म आठपटक मन्त्री पदमा रहेका खड्काले पदको दुरूपयोग गरी ९४ लाख ७४ हजार रुपैयाँको सम्पत्ति आर्जन गरेको ठहर गरेको भन्दै भ्रष्टचारीको अभियोग लागेको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.