Advertisements
रुपन्देही जिल्लाको देवदह नगर पालिका वडा नम्बर ६ खैरेनी बजारका ३२ जनालाई एकै पटक बिरामी परेका छन् । स्थानीय सन्त नारायण बि.क.को घरमा श्राद्ध खान आएकाहरु एकपछि अर्को गर्दै बिरामी भएपछि उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको छ । लुम्विनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले मंगलबार बुधबार दुई दिन गरेर देवदहमा उपचार नभएपछि अञ्चल अस्पतालमा ३२ जना बिरामी आएको बताएका छ ।
उनका अनुसार स्थानिय मेडिकल उपचार नभएपछि अञ्चल अस्पतालमा मंगलबार २३ जना र आज बुधबार थप ९ जना उपचारको लागी भर्ना भएका छन् । जसमा १ जनाको अवस्था गभ्भीर रहेको उनले बताए । बिरामीहरुले श्राद्धमा पुरी, तरकारी, काँक्रोको अचार लागायतको परिकार खाएको बताएका छन् । उनीहरुहमा ज्वरो आउने, झाडापखला लाग्ने जस्ता समस्या देखिएको छ । उनीहरुलाई फुड पोइजन भएको अस्पतालले जनाएको छ । -स्वास्थ्य खबर



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top