फेसबुकले आफ्नो यूजरहरुलाई एउटा नयाँ थप सुविधा दिएको छ । पहिले तपाईले आफ्नो प्रोफाइलमा मात्र फोटो राख्न सक्नुहुन्थ्यो भने अहिले भिडियो पनि राख्न मिल्ने बनाएको छ । त्यसको लागि तपाईले आफ्नो फेसबुकको एप लाई अपडेट गर्नुपर्ने हुन्छ । यो नयाँ अपडेटको उपयोग केवल IOS र एन्ड्रोइड फोन यूजरहरुले मात्र गर्न सक्छन् । तर यो सुविधा विन्डोज फोन यूजरको लागि भने उपलब्ध छैन । फेसबुक प्रोफाइल इमेजको सट्टामा छोटो भिडियो राख्दा त्यो भिडियो मात्र ७ सेकेन्डको भन्दा बढिको राख्न पाइनेछैन । फेसबुक को अनुसार हर दिन बिश्वमा करीब चार अर्व भन्दा धेरै फेसबुक प्रोफाइल हेरिने गर्छ ।
फेसबुकले भनेको छ, हामीलाई विश्वास छ कि यो परिवर्तन यूजरहरुले रुचाउने छन् र यसको माध्यमले तपाई आफ्नो प्रोफाइललाई अझ आकर्षक बनाउन सक्नुहुन्छ । साथमा फेसबुकले यो पनि जानकारी गराएको छ कि यो नयाँ फिचर हाल यूके र क्यालिफोर्नीयामा सिमित ठाउँमा टेस्टको लागि दिइएको छ । छिटै यसको उपयोग सबै मोबाइल यूजरहरुले पाउनेछन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.