Advertisements
हर महिलाको इच्छा उसको आफ्नो पति राम्रो पैसा कमाउने होस् भन्ने हुन्छ, ता कि उसको भविष्य राम्रो अर्थात सुखमय बिताउन सहज होस् । तर जो कोहिलाई पनि यस्तो खुसी मिलिरहेको हुँदैन । त्यस्तै व्यक्तिहरुको लागि भनेर एउटा चाइनिज महिला पुरुषहरुलाई कसरी अाकर्षीत गर्ने भन्ने प्रशिक्षण दिने गर्दै आएकी छिन् । उक्त प्रशिक्षणमा महिलाहरुलाई धनी व्यक्तिहरुसँग मिल्दोजूल्दो रहनसहन, उ सँग डेट गर्ने र उ सँग कसरी नजिक हुने जस्ता तरिकाहरु सिकाइन्छ ।

दक्षिण-पश्चिमी चीकव सिचुवान प्रान्तमा चल्ने यो कक्षा को फि १६ सय डलर हो । ४२ बर्षीय सु फेई अाफ्नो कोर्षमा विद्यार्थीहरुलाई धनी केटाहरु मिल्ने ग्यारेन्टी पनि दिन्छीन् । सुफेइ ले ३७ बर्षको उमेरमा एउटा करोडपति व्यक्ति सँग विवाह गरेकी थिइने र ७ बर्षबाट शुरु हुँदै आएको उक्त कक्षामा १०० भन्दा बढि महिलाहरु सहभागी भैसकेका छन् ।


जान्नुहोस् यस कक्षामा बताइने केही खास कुराहरु :

- तपाई जुन व्यक्तिलाई रुचाउनुहुन्छ उसको बानी र जुन ठाउँमा प्राय उ गइरहन्छ त्यो बारेमा राम्रो सँग पत्ता लगाउनुहास् । यो पनि ध्यान दिनुहोस् कि यो कुराको उसले थाहा नपाअोस् कि तपाईलाई यि कुरा पहिल्लै थाहा थियो। यदि तपाई अचानक अामने सामने हुनुभयो भने यो जताउनुहोस् कि तपाई दुईमा व्यक्तित्व समान छ।

- पहिलो डेटलाई खास बनाउनुहोस् र राम्रो तरिकाले उसलाई इम्प्रेस गर्नुहोस् । यदि तपाई कुनै रेस्टुरेन्टमा लन्च या डिनरको लागि जाँदै हुनुहुन्छ भने यस्तो सिटमा बस्नु कि जहाँ घामको किरण वा उज्यालो सिधा तपाईको अनुहारमा परोस् यसले तपाईको सोन्दर्य दुइ गुना बढि हुनेछ ।

- तपाई महङ्गो खाना अर्डर नगर्नुहोस् न त उसको लागि महंगो गिफ्ट लिनुहोस् भनिन्छ धनि पुरुषहरु प्राय टिचर्स, डाक्टर्स र सिभिल सर्भिस जस्तो प्रोफेशन वाला केटी ज्यादा मन पराउँने गर्दछन् । त्यसैले आफ्नो प्रोफेशन सोचेर विचार गरेर रोज्नुहोस् ।

- नयाँ नयाँ भएको सम्बन्धमा शारीरिक सम्बन्ध नबनाउनुहोस् । यदि तपाई एक बर्षमा उसँग विवाह गर्न चाहनुहुन्छ भने भेट हुने समय अलि कम गर्नुहोस् ।

- यदि कोहि करोडपति केटा तपाईलाई पछिल्लो १ देखि २ बर्ष सम्म डेट गरिरहेको छ र विवाहको लागि अाल टाल गरिरहेको छ भने तपाई सम्झनुहोस् कि उ तपाई सँग टाइमपास गरिरहेको छ ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top