कास्कीको आयल निगमको गगनगौंडा डिपोले अाज (शुक्रबार) लेखनाथ र पोखरामा गरि ३६ हजार लिटर पेट्रोल र ६६ हजार लिटर डिजेल बाँड्ने भएको छ । दशै पछि सुनौलीनाकाबाट केही ट्यांकर पेट्रोलियम पदार्थ आएकाले बितरण गर्न लागिएको गगनगौंडा बताउँछ । शुक्रबार वेलकम ट्रेडर्सबाट लेखनाथका उपभोक्तालाई ६ हजार लिटर पेट्रोल बितरण गरिने भएको छ । यसैगरी पोखराका रानीपौवा, साझा, सागर र जगदम्बा आयल स्टोर्सबाट ६-६ हजार लिटर पेट्रोल बितरण गरिने भएको छ ।
वितरण गर्नेमा उपभोक्ताले स्कुटरमा रु. २ सय, मोटरसाइकलमा रु. ३ सय, टेक्सी र कारका लागि ७ सय रुपैयाको पेट्रोल प्राप्त गर्नेछन् । एम्बुलेन्सका लागि भने एक हजार ५ सयको पेट्रोल उपलब्ध गराईनेछ ।
यता लेखनाथका शुभजगदम्बा र इन्द्रज्योति आयल स्टोर्सबाट ६-६ हजार लिटर डिजेल बितण गरिने भएको छ । पोखराका डि आर, मनाकामना, हिमाली, अन्नपूर्ण, बृहस्पती, बराल, विश्वास र लान्दु्रक आयल स्टोर्सबाट पनि ६-६ हजार लिटर डिजेल बितण गरिने भएको छ ।
शसस्त्र प्रहरीको कालिका फ्युल स्टेशनबाट अति आवश्यक सेवाका लागि डिजेल बितरण गर्ने गरी आपूर्ति व्यवस्था मिलाउने जिल्ला आपूर्ति समितिले निर्णय गरेको छ । डिजेल ठुलो बसका लागि ५ हजार, सानो बसका लागि तीन हजार ५ सय, माइक्रोबसका लागि दुईहजार, खाद्यान्न बोक्ने ठुला मालबाहक साधनका लागि ८ हजार रुपैया बराबरको इन्धन उपलब्ध गराइने जनाइएको छ । यसैगरी खाद्यान्न बोक्ने मिनि ट्रकका लागि ५ हजार, स्थानीय ढुवानी पिकअप भ्यान र जिपका लागि १ हजार, पानी र दुधका ट्यांकरलाई ३ हजार रुपैयाको इन्धन उपब्ध गराईने छ । सरकारी सार्वजनिक संस्थानका सवारीसाधनलाई एक हजार पाँचसय रुपैया बराबरको इन्धन उपलब्ध गराउने निर्णय आपूर्तिसमितिले गरेको छ ।
शसस्त्र प्रहरीको कालिका फ्यूल स्टेशनबाट मणिपाल, गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका लागि ५-५ सय लिटर, नेपाल टेलिकमलाई ७ सय लिटर, एनसेल र हल्लो नेपाललाई १ सय लिटर, रेडियो नेपाललाई ५ सय लिटर, पशुविकास फार्मलाई १ हजार लिटर डिजेल उपलब्ध गराउने निर्णय भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले जानकारी दिए । यसैगरी फोहर संकलनका लागि पोखरा उपमहानगरपालिकाका सवारी साधनका लागि २ सय ५०, एफ एम स्टेशन सवैका लागि ४ सय ४० लिटर (प्रति एफ एम २० लि), छापाखानाका लागि प्रति छापाखाना १० लिटरका दरले २ सय लिटर इन्धन उपलब्ध गराईने छ ।
यस्तै स्थानीय टेलिभिजनका लागि १ सय लिटर, केवुल टि.भि का लागि १ सय २० लिटर, नेपाल विद्युत प्राधिकरणका लागि ३ सय लिटर, प्रत्येक हस्पीटलका लागि ५० लिटर, एयरलायन्सका लागि १ सय लिटर र सुरक्षा निकायलाई आवश्यकतानुसार इन्धन उपलब्ध गराउने निर्णय समेत आपूर्ति समितिले जनाएको छ ।
पेट्रोलियम पदार्थ आउने आशमा दैनिक जसो पम्पहरुमा उपभोक्ताको भिड र सवारीसाधनको लामो लाइन लाग्ने गरेको छ । एशोसियशनले इन्धनको कम खपत गर्न र सकेसम्म अत्यावश्यक कार्यका लागि मात्र प्रयोग गर्न सवैलाई आग्रह समेत गरेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.