Advertisements
केरा देख्दा सामान्य फल भएपनि यसको सेवनले हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । केरामा हुने आफ्नो चमत्कारी गुणको कारण सामान्य फ्लू देखी एड्स जस्तो गम्भीर रोगको उपचारमा पर्याप्त मात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

अमेरिकाको मिशिगन यूनीभर्सिटी को बैज्ञानिकहरु द्वारा गरिएको अनुसन्धानका अनुसार सामान्य फ्लू देखी एड्स जस्तो रोगको उपचारका लागि केरामा भएको सबै तत्वलाई मिलाएर यस्तो अौषधी बनाएका छन् कि जसले एड्स जस्तो घातक रोगको उपचार पनि संभव हुन सक्ने छ । बैज्ञानिकहरुको अनुसार केरामा पाइने "बनाना लेक्टीक" र "बैनलेक प्रोटीन" एचआईवीको रोकथामको लागि निकै प्रभावकारी भएको बताएका छन् ।

उनिहरु भन्छन् कि एड्स को साथै सर्दी लाग्दा वा सामान्य फ्लू को उपचारमा पनि यो प्रोटीन उपयोगी हुन्छ ।वैज्ञानिकहरुले पाँच बर्ष पहिला यो प्रोटीनको खोजी गरेका थिए । त्यस बेला यसको केही हानिकारक प्रभाव देखा परेको थियो । अब यी प्रभावहरुलाई पर्याप्त मात्रामा कम गरिएको छ । वैज्ञानिकहरुले यो अौषधीलाई मुसामा प्रयोग गरेका थिए जसको सकारात्मक परिणाम अगाडी आएको छ । बैनलेक प्रोटिन एचआईभी भाइरसको शर्करा कणहरुमा टाँसिन्छ र आफ्नो प्रभाव छोड्दै भाइरसलाई प्रतिरक्षा तन्त्रबाट बाहिर निकाल्छ ।

वैज्ञानिक यो पनि पत्ता लगाउने कोशीसमा छन् कि के यो अौषधीले इबोला र अन्य प्रकारको भाइरसहरुका लागि पनि कत्तीको प्रभावकारी हुन्छ । यो अौषधी धेरै फाइदाजनक भएपनि यसको सेवनले केही हानिकारक प्रभाव पनि पार्दछ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top