Advertisements
कोलम्बिया। आजका युवाहरुको लागि तालुखुइले हुनु एउटा गम्भीर समस्या हो । यस्तो समस्याले पिडितहरु कपाल उमार्ने भनि बिभिन्न किसिमका सम्भव नहुने उपायहरुमा लागिरहेका हुन्थे । कुनै माध्यमले काम नगरेपछि नक्कली कपाल समेत राख्ने गर्दथे । यस्ता व्यक्तिहरुको लागि यो खबर सुनेर निकै खुसीको खबर हुनेछ कि कोलम्बिया विश्व विद्यालयको बैज्ञानिकहरुले यस्तो औषधी पत्ता लगाएका छन् कि जसको प्रयोगले २१ दिनमै टाउकोमा कपाल पलाउन थाल्ने छ ।

यो औषधीको पहिलो चरणको परिक्षण भैसकेको छ जसबाट यो औषधीले शुरुवात चरणमा निकै राम्रो प्रदर्शन नतिजा आएको थियो । अब हामी आशा गरौ यो औषधी बजारमा सबैका लागि उपलब्ध होस् । कोलम्बिया विश्वविद्यालयको प्रोफेसर एन्जेला क्रिस्टियानोले भन्छन्, 'हामी सफल भैसक्यौ तर पूर्ण रुपमा परिक्षण हुनुभन्दा अगाडि हामी यसको बारेमा कसैलाई केहि भन्न सक्दैनौ । हामी यति मात्र भन्छौ कि पूर्णरुपमा सफल भयौ भने सबैको लागि खुसिको खबर हुनेछ ।'

विश्वमा धेरै मानिसहरु गन्जापन बाट पिडित छन् । जसबाट बच्नको लागि मानिसहरु अनेक उपायहरु अपनाउँदा झन् थप समस्या हुने हुन्थ्यो । कतिपय त नक्कली विज्ञापन बाट प्रभावित भइ त्यस्ता सामानहरुको प्रयोग समेत गर्दथे । यस्तो समस्या जुनसुकै उमेरको लागि पनि हुन सक्छ । अब यसको औषधीले गन्जापन बाट छुटकारा पाउने कुरामा क्रान्ति नै ल्याउने छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top