नेपालको ईतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्ने निश्चिीत जस्तो देखिएको छ । नेकपा एमालेलेकी उपाध्यक्ष विद्या देवी भण्डारी अबको राष्ट्रपति बन्ने लगभग निश्चीत भएको हो । तर यो सम्झौता भने अन्तिम भईनसकेको बुझिएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड तत्काल राष्ट्रपति बन्ने सोचमा नरहेको र राप्रपा र अन्य साना दलले यसमा दावी नगरेका कारण पनि सेरेमा्ेनियल राष्ट्रपति एमालेको हातमा जाने संभावना बढेको हो ।
यो स्थितिमा सुभाष नेम्वाङ र विद्या भण्डारीको चर्चा चले पनि एमालेको अधिकाश हिस्सा विद्या भण्डारीलाई अघि बढाउनु पर्ने पक्षमा देखिएको बुझिएको छ । यो अवस्थामा भण्डारी राष्ट्रपति बने उनी नेपालको पहिलो महिला राष्ट्र प्रमुख हुने छिन् । दशै लगत्तै हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेले राष्ट्रपतिका लागी भण्डारीलाई उठाउने आन्तरीक तयारि गरेको स्रोतले जनाएको छ ।
एमालेका एक केन्द्रिय सदस्यले अबको राष्ट्रपति एमालेले पाउने भएपछि भण्डारीको नाम अघि सारीएको बताए ।
राष्ट्रपति निर्वाचनसम्म राजनितिक बृतमा कुनै परिवर्तन नआएमा भण्डारी नै राष्ट्रपति बन्ने पक्का छ ।
प्रमुख सत्ता साझेदार दल एमाओवादीले सभामुख र उपराष्ट्रपति आफुले राखेर राष्ट्रपतिमा भण्डारीलाई नै बनाउन सहमती गरेको स्रोतको भनाई छ । भोजपुरमा मानेभन्ज्यानमा जन्मिएकी भण्डारी पति मदन भण्डारीको मृत्यु सँगै राजनितिक रुपमा निक्कै चर्चामा आएकी थिईन । स्रोत : मिरमिरे अनलाईन

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.