Advertisements
भारतको इन्दोर कर्पोरेट कल्चरमा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) गर्नको लागि अाज पनि विद्यार्थीहरुको ठूलो सपना हुन्छ । यस्तो सपना बेच्नको लागि पर्याप्तमात्रामा संथाहरुले दुकान खोलेका हुन्छन् । डिस्टेन्स एमबीएको नाममा खुलेअाम डिग्रीको खरीद बिक्री भइरहेको छ । यति सम्म की विद्यार्थीहरु खुलेअाम चिट चोर्न पाइने र पासहुने ग्यारेन्टी नै दिइन्छ । यस्तै एउटा एउटा संस्थाको डिग्री खरिद बिक्रीको पर्दाफास भएको छ । जब एउटा पत्रिका रिपोर्टरले बिद्यार्थी बनेर उक्त संथामा कुराकानी गर्दछन् तब यि सब कुराको पर्दाफास हुन्छ ।
विजयनगरमा संचालित कृष्णा इन्स्टिट्यूट अफ रिसर्च टेक्नोलोजी एण्ड म्यानेजमेन्ट मा एमबीए गर्नको लागि खुलेअाम चिट चोर्न पाउने छुट भएको खुलासा गरेका छन् । त्यति मात्र नभइ जसले परीक्षामा चिट चोर्न सक्दैन या पाउँदैन उसलाई चार हजार रुपैया प्रति सेमेस्टरको दरले परिक्षा दिने नक्कली परिक्षार्थीको उपलब्ध समेत गराउने गरिन्छ । संस्थानका एक्जुक्यटिभ सोनम र संचालक नीलेश यादवले आफूले चाहे जस्तो डिग्री दिलाउने दावा समेत गरे ।

बिद्यार्थी बनेर गएका पत्रकार सँगको कुराकानी हेर्नुहोस्

पत्रकार (बिद्यार्थीको भेषमा) :- म इभेन्ट कम्पनीमा काम गर्छु त्यसैले प्रमोशनको लागि एमबीए गर्न चाहन्छु ।

एक्जूकेटिभ - यस्ता धेरै यूनिवर्सिटी छन् जसबाट हामी तपाईलाई डिस्टेन्स एमबीए गराउँछौ।

पत्रकार (बिद्यार्थीको भेषमा) :- परिक्षा सेन्टर कहाँ हुन्छ ?

एक्जूकेटिभ - यही हुन्छ कुनै स्कुलमा सेन्टर बनाउँछौ । गएको परीक्षा प्रेस्टीज कलेजको सामु भएको एउटा स्कुलमा भएको थियो ।

पत्रकार (बिद्यार्थीको भेषमा) :- पढाइ गर्न ज्यादै गाह्रो छ । पास हुन्छ भन्ने के ग्यारेन्टी छ?

एक्जूकेटिभ - सर, कोर्स सजिलो छ । हामीहरु पुरै कोर्स मटेरियल उपलब्ध गराउने छौ । तपाई परिक्षा सेन्टरमा किताब सहित जानुहोस् ढुक्कसँग निकालेर परिक्षा दिनुहोस् ।

पत्रकार (बिद्यार्थीको भेषमा) :- अनुगमनमा कोहि अाउँदैन?

एक्जूकेटिभ - हाम्रो सेन्टरमा ४०० देखी ५०० विद्यार्थी हुन्छन् । अाज सम्म कुनै समस्या अाएको छैन ।

पत्रकार (बिद्यार्थीको भेषमा) :- किताब हेरेर पनि लेख्न सकिन भने के हुन्छ? म फेल खान्छु ?

एक्जूकेटिभ - तपाईलाई यति धेरै डर लागिरहेको छ भने हामी लेख्नको लागि तपाईको सट्टा अर्को कसैलाई तपाईको परिक्षा दिन पठाउँछौ । परीक्षा भन्दा अगाडी हातले लेख्न नमिल्ने भनि नक्कली मेडिकल रिपोर्ट बनाएर पठाएपछि मिल्छ सबै कुरा ।

पत्रकार (बिद्यार्थीको भेषमा) :- के लेख्नको लागि मान्छे मैले खोज्नुपर्छ ?

एक्जूकेटिभ - अंह, लेख्ने मान्छे परिक्षा सेन्टरमै अलर्ट बसेको हुन्छ । उसले यस्तरी लेख्ने छ कि तपाईको ६५ प्रतिशत देखि ७५ प्रतिशत अंक पक्का मिल्नेछ । यसको लागि परिक्षामा लेख्ने राइटरको लागि एक सेमेस्टरमा ४ हजार रुपैया छुट्टै एक्स्ट्रा लाग्नेछ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top