Advertisements
बलिउडका दबङ सलमान खानले कहिलेपनि सोचेका पनि थिएनन् होला कि उनकै आफ्नै फ्यानले उनलाई लुट्छन् भनेर । तर सलमानलाई नाइट क्लबमा आफूहरु सलमानको फ्यान्स् भन्दै सलमान खानलाई नै लुटी फरार भए ।  यो घटना केहि समय अगाडिको हो । सलमान आफ्नो सेक्यूरिटको गार्डको साथमा मुम्बइको एउटा नाइट क्लबमा गएका थिए । त्यहाँ सेलिब्रेटी बाहेक अन्य सामान्य मानिसहरु पनि थिए । चार केटीहरुले सलमानको साथमा फोटो खिच्ने इच्छा बताए । सलमानले उनिहरुको अाग्रह स्विकार गरे ।

केहि समय पछि जब केटीहरु त्यहाँबाट गए तब मात्र थाहा भयो कि सलमानको पर्स, सन ग्लासेज चोरी भइसकेको थियो । सलमानको बडीगार्डले पुलिसमा रिपोर्ट गर्ने सल्लाह दिएका थिए तर सलमानले यो गर्नबाट इन्कार गरे र आफ्नो सेक्यूरिटी बढाउनलाई भने ।

यो कुराको जानकारी फिल्म प्रोड्यूसर र डायरेक्टर नन्दिता सिंघाले दिएकी हुन्, तर सलमानकी बहिनी अर्पीता  भन्छीन् हालै सलमान कुनैपनि नाइट क्लबमा गएका छैनन् न त सलमानले कहिले वालेट बोकेर हिड्छन् । यो खबर साँचो हो या मात्र गसिप यसको पुष्टि भने हुन सकेको छैन । तरपनि फेरि चर्चामा यो अाइरहेको छ कि यो घटनापछि सलमान खानले आफ्नो लागि १४ गार्ड लगाएका छन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top