भारतीय पक्षबाट भएको नाकाबन्दी गैर राजनीतिक र मानवता विरोधी भएको प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन् । उनले यो नाकाबन्दीको एक मात्र अर्थ नेपाललाई संकटमा पार्ने अमानवीय व्यवहार भएको बताएका हुन् । भारतीय नाकाबन्दीको विरुद्धमा अहिलेसम्म मुख नखोलेका प्रधानमन्त्री कोइरालाले भारतको हर्कत विरुद्ध तीव्र असन्तुष्टि जनाएका हुन् । उनले कुहिन लागेका केही सामग्री पठाएर नाकाबन्दी नभएको भन्दै अन्तराष्ट्रिय समूहलाई देखाउने तरिका गलत भएको र यसका विरुद्ध आफुहरु लागिरहेको पनि बताए ।
प्रधानमन्त्री सुस्त भयो र काम गरेन भन्ने अभिव्यक्तिको पनि खण्डन गर्दै उनले आफुले सक्दो प्रयास गरिरहेको बताए । उनले चाड पर्वमा आम नेपालीलाई इन्धनको जोहो गराउने जिम्मा सरकारको भएको र सरकार सोहै अनुसार लागिरहेको पनि बताए ।
उनले भुपरिबेष्ठित नेपालले पाउने अधिकारमा हेलचक्राई नगर्न पनि भारतलाई सचेत गराए । राष्ट्रिय स्वाधिनता अभियान सुरु गरेका प्रमुख राजनीतिक दल र संघसंस्थासंग सम्बद्ध युवा नेताहरुको टोलीसँग बुधबार कुरा गर्दै प्रधानमन्त्रीले भारतीय रबैयाप्रति आपत्ति जनाए । उनले कुहिन लागेका केरा, स्याउ, प्याजका ट्रक पठाउने र भारतले सामान छोडिरहेको छ भन्ने देखाउने काग गलत भएको बताए । कोइरालाले नेपालीलाई आवश्यक पर्ने इन्धन लगायतका सामग्री रोकेर भारतले दादागिरी देखाएको बताए प्रधानमन्त्री कोइरालाले भारतको नाकाबन्दकिो सामना गर्न सबै दल एक ठाउँमा उभिनुको बिकल्प नभएको पनि बताए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.