बिश्वभरमा अनेक ठाउँहरुमा अनौठो अनौठो परम्पराहरुको समाचार हामी सुन्ने गर्दछौ, जसको बारेमा सुन्दा हामी अचम्ममा पर्दछौ भने कतिपय त पत्याउन नसकिने प्रकारका परम्पराहरु हुन्छन् । यस्तै एउटा विचित्रको परम्परा इन्डोनेशियाको दक्षिण सुलावेसी प्रान्तको तोराजामा मनाइन्छ । त्यस्तो परम्परा जसमा मर्ने सबै बच्चाहरुलाई जमीनमा गाढ्ने गरिदैन त्यहाँ त्यस्ता बच्चाको शरिरलाई रुखमा गाड्ने गरिन्छ ।
यो परम्परालाई अंगाल्ने मानिसहरु यो कुरालाई बच्चाहरु मरेपछि प्रकृतिको काखमा भएको मान्ने गर्दछन् । यिनिहरु बच्चाको शरीरलाई गाड्नको लागि रुखमा खाल्टो बनाउँछन् । त्यसपछि कपडामा बेरेर बच्चाको शरीर रुखमा गाडि ताडको रुखले बनेको फाइबर ले ढाकिन्छ रुपमा गाड्ने गर्दछन् । समय बित्दै जाँदा रुखको त्यो खाल्टो भरिदै जान्छ ।
यस्तो गर्दा बच्चाको अात्मालाई हावा अाफ्नो साथमा बहाएर लैजान्छ भन्ने गाउँलेहरुको मान्यता छ । यो परम्परा यस्ता बच्चाहरुको मृत्युमा मात्र गरिन्छ जसको मृत्यु दाँत निकाल्नुभन्दा पहिला हुन्छ । वयस्क र युवाहरुको मृत्यु हुँदा भने उनहरुलाई जमीन मै गाड्ने गरिन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.