Advertisements
जति जति हाम्रो उमेर बढ्दै जान्छ उति उति हामी छोटो बुद्धि वाला हुन्छौ । हामी गम्भीर प्रवृत्तिको हुन्छौ र हरेक कुरालाई हल्ला रुपमा लिन सक्दैनौ । थाहा नपाई जिन्दगीको असली मजा कहि कतै हराइरहेको हुन्छ । धेरैलाई त यो पनि लाग्न सक्छ कि फेरी बच्चा हुन पाए यस्तो यस्तो गर्ने थिए अथवा उहि बच्चाको जस्तो रमाइलो हुने थियो भन्ने । तर बच्चा जस्तो बन्नको लागि उनिहरुको जस्तो उमेर मात्र नभइ उनिहरुको जस्तो मन तथा दिमाग पनि हुन जरुरी हुन्छ ।

अाउनुहोस् तपाई पनि बच्चाहरुबाट केहि टिप्स लिनुहोस् र जिन्दगीको मजा लिनुहोस्

१. अन्तर नदेख्नु : 
बच्चा हरेक चिजमा कुनै फरक देख्दैनन् । उनिहरुलाई कुनै पनि कुराले असर गर्दैन जति हामीलाई हरेक कुराले असर गर्दछ । उनिहरु कुनै पनि रंग, जाति, भेद, समुदाय, गोरो कालो, केहि कुराको ध्यान दिदैनन् जसले गर्दा बच्चाहरु प्यारो लाग्ने हुन्छ । यस्तो कुराहरु तपाई पनि लागू गर्नुहोस् ।

२. जस्तो छ त्यस्तै देखिनु:
बच्चाहरु निकै नादन हुन्छन् । उनिहरुलाई कसैको परवाह हुँदैन उनिहरु अाफैमा व्यस्त रहन्छन् र उनिहरुलाई मात्र आफ्नो चिन्ता हुन्छ । हामीहरु जस्तो देखावटी हासो, देखावटी आँसु हुँदैन उनिहरु भित्र जे छन् त्यो बाहिर देखाउँछन् । त्यस्तै कुरा तपाई पनि ध्यान दिनुहोस् ।

३. मुस्कुराउनुहोस्:
बच्चाको अाँखामा अाँसु त हुन्छ तर उनिहरुको मन सफा र खुसी भैरहने हुन्छ यस्तै तपाई पनि हमेशा मुस्कुराइ रहनुहोस् । सकारात्‍मक सोच राख्नुहोस्।

४. ठूलो सपना देख्नुहोस्:
प्राय सबै बच्चाहरु भन्छन् कि ठूलो भएपछि म ठूलो हवाई जहाज किन्छु, ठूलो घर बनाउँछु, ठूलो चकलेटको दुकान खोल्छु जसले उनिहरुलाई खुसी मिल्छ । तपाई पनि उनिहरुको जस्तै उच्च सोच राख्नुहोस् ठूलो सोच राख्दा तपाई १०० प्रतिशत अगाडी नबढे पनि ५० प्रतिशत भए पनि अगाडि बढ्नुहुनेछ । सपना देखेपछि त्यो सपना साकार गर्ने हिम्मत अाउदछ ।

५. तनाबमा नरहनुहोस्: 
बच्चाहरु कुनै तनाबमा रहँदैनन् किनकि उनिहरु तनाब लिनै चाहदैनन् । यस्तै तपाई पनि गर्नुहोस् बिनाकारण तनाब नलिउनुहोस् । सानो सानो कुरालाई धेरै नसोच्नुहोस् र चिन्ता लिन नगर्नुहोस् नकरात्मक कुराबाट टाढा हुनुहोस् र सकरात्मक कुराहरु सोच्नुहोस् ।

६. कसै सँग नडराउनुहोस् :
बच्चामा भय भन्ने हुँदैन तपाई पनि त्यस्तै बन्नुहोस् जे काम गर्नुहुन्छ बिल्कुल निडर भएर गर्नुहोस् । यसबाट तपाईमा अदम्य क्षमताको विकाश हुन्छ ।

७. साथिहरु बनाउनुहोस् :
बच्चाहरु जो कोहिलाई पनि साथी बनाउन रुचाउँछन् । उनिहरुको फ्रन्डसीप निस्वार्थ हुन्छ उनिहरु कुनै स्टाटसको वेवास्था गरि साथी बनाउँछन् । तपाई पनि यस्तै गर्नुहोस् जो साथी साथीको लायक छ उसलाई साथी बनाउनुहोस् यस्तो नगर्नुहोस् कि स्टाटस हेरेर साथी बनाउने काम ।

८. माफ दिने बानि:
बच्चाहरु साथिहरु वा जो कोहि सँग झगडा गर्दछन् र केहि समयमा नै मिलिहाल्छन् तर हामी कुनै पनि कुरालाई झट्ट बिर्सन सक्दैनौ त्यसैले कसैसँग सामान्य झगडालाई ठूलो ठान्छौ त्यसैले यस्तो बानि छोड्नुहोस् र अाफु पनि माफ माग्ने र माफि दिने बानि बसाल्नुहोस् ।


९. आफ्नो भावनाहरुलाई व्यक्त वा शेयर गर्नुहोस् :
बच्चाहरु हर भावनालाई ब्यक्त गर्ने गर्दछन् । उनिहरुलाई रुनु छ भने रुन्छन् हास्न भए हास्छन् । आफूलाई राम्रो नराम्रो लागेको कुरा खुलेर व्यक्त गर्छन् । तपाई पनि यस्तै गर्नुहोस् जस्ले गर्दा तपाई भित्र कुनै कुरा दबेर नबसोस् । आफ्नो भावनालाई समयानुसार व्यक्त गर्ने गर्नुहोस् ।


१०. नक्कल सिक्नु :
बच्चे अरुको नक्कल छिटो उतारन सिक्छन् किनकि उनिहरु ति कुराहरुमा निकै ध्यान दिन्छन् । यसले उनिहरुको दिमाग तेज हुन्छ । तपाई पनि यस्तै गर्नुहोस् हरेक चिज सिक्ने इच्छा र त्यसलाई उतार्ने प्रयास गर्नुहोस् ।

११. रिल्याक्स् रहनुहोस्..... पुर्ण निन्द्रा लिनुहोस् :
बच्चाहरु जब थाक्दछन् उनिहरु सुतिहाल्छन् यसले उर्जा पुन स्टोर हुन्छ र तपाईको सोच्ने र सम्झने शक्ति बढ्दछ । तपाई पनि यहि बानि बनाउनुहोस् ।


१२. प्रश्‍न सोध्नु:
कुनै समय बच्चाको साथमा बिताएर हेर्नुहोस् उनिहरु यति धेरै प्रश्त सोद्छन् कि तपाईको पनि दिमाग घुम्न थाल्दछ । उनिहरुलाई कुनै पनि कुरा समझमा आएन भने उनिहरु प्रश्नहरु सोध्ने गर्दछन् । यसले उनिहरुको लर्नीङ प्रोसेस स्ट्रोङ हुन्छ । यो कुरा तपाईले पनि लागु गर्नुहोस् ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top