Advertisements
कला भन्ने कुरा त्यस्तो चिज हो जून कतिपयले जम्मदै लिएर आएको हुन्छ भने कतिले पछि प्रशिक्षण लिएर आफ्नो कला देखाउने गर्दछन् । गित गाउने कला, चित्र बनाउने कला, मुर्ती (काठको, माटोको, धातुको) बनाउने कला, बिभिन्न प्रकारका बाद्य बाधन बजाउने यस्तै यस्तै कला तथा सिप भएका ब्यक्तिहरु कमै मात्रामा हुन्छन् । नेपाल पनि विभिन्न कला तथा संस्कृतिले भरिएको देश हो । तर कतिपयलाई आफ्नो कला देखाउने तथा प्रयोग गर्ने सम्बन्धमा उचित ज्ञान र अवसर नमिल्ने हुँदा दिन प्रति दिन थुप्रै नेपाली दाजुभाइहरु बिदेशमा गएर आफ्नो श्रम तथा सिपहरु बेच्न बाध्य भएका छन् ।

आजको डिजिटल प्रविधीको यूगमा हरेक कलाहरु बिस्तारै भर्च्यूअल हुँदै गइरहेको छ । त्यसकारणले पनि कृतिम कला भन्दा बास्तविक कला बहुमुल्य बन्दै गइरहेको छ । पहिले पहिले घरको झ्याल ढोकामा जस्तो किसिमको कलाकृती समावेश भएको हुन्थ्यो त्यस्तो अाज बिरलै पाइन्छ तर ठूला ठूला घर तथा धनि वर्गका ब्यक्तिहरुको इच्छा तथा सजावटको लागि भनेर जतिसुकै मूल्य खर्च गरेर भएपनि उनिहरुले घरको झ्याल ढोका विभिन्न कला कृति कुँदिएको राख्न रुचाउँछन् त्यसैले त ठूला ठूला घरहरुमा विभिन्न कला कृतिहरु देख्न थालिएको छ ।

यस भिडियोमा प्रकृतिले नै दिएको माटोमा आफ्ना कलाहरु प्रयोग गर्दै निकै अाकर्षक र बहुमुल्य अाकृती (बुट्टाहरु) हरुको फ्रेम बनाएका छन् । हेर्नुहोस् तपाई पनि :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top