Advertisements





यो पनि पढ्नुहोस् 

न्याय " लधुकथा

एउटा खाडी किनारमा गहिरो खाल्टो थियो त्यसभीत्र गोहि वस्दथ्यो । गहिरो खाल्टोमा उसलाई विना कठिन शिकार मिल्ने  गर्थ्यो । एकसमय धर्तिमा पानी पर्न छाड्यो ! विस्तारै खाल्टोको पानी पनि सुक्न थाल्यो । अव गोहिलाई आफ्नो शरिरको धेरै चिन्ता लाग्न थाल्यो ! यतिकैमा एकदिन वालक त्यहीवाटो हुँदै आईरहेको थियो उसले देख्न साथ गोहिलाई भन्यो तिमी यो खाल्टोमा कसरी आयौं तव गोहि आशु वर्वर झारेर भन्यो मैले वाटो विराए र यो खाल्टोमा खसें मलाई यहॉवाट निकालिदेउ अनि तलाउ सम्म पुर्याईदेउन पिलीज? केटोलाई गोहि प्रति धेरै दया लागेर आयो अनि सुकुलमा वेरेर त्यसलाई तलाउ सम्म ल्यायो र पानीमा राख्न खोज्दा गोहि वोल्यो मलाई अल्लि धेरै पानी भएको विचौ विच पुर्याईदेउ ! केटोले उसलाई कम्मरतक पानी आउने गहिराई सम्म लिएर
छाडिदियो ! पानीमा पुग्ने वित्तिकै गोहिको रंग वदलियो उसले भन्यो अव म तिमीलाई खाएर भोक मेटाउछु !
केटोले भन्यो :- मैले तिमीलाई गहिरो खाल्टोवाट निकालेर वचाए ! यहॉ गुनको वदला वैगुन मिल्यो !
गोहिले भन्यो :- यस्तै हो गुनको वदलामा वैगुन नै हुन्छ! केटोले भन्यो : गुनको वदला वैगुन हुंदैन तव गोहिले एउटा शर्त राख्यो यदि वाटोमा ३ जनालाई सोध्दा तिनीहरुपनि गुनको वदलामा वैगुनी सम्झन्छन् भने म जरुर तिमीलाई खान्छु! केटो विचरा मौन रह्यो! अल्लिपर वुढी गाई भेटियो गोहिले गाईलाई सोध्यो गुनको वदला गुन नै हुन्छ! गाईले भनि गुनको वदला वैगुन नै हुन्छ! जव मैले दुध दिन्थें अनि मलाई सवैले सेवा गर्थे! अहिले सवैले छोडेर
गए! अगाडी हिंड्दा वालुवामा हिंड्दै गरेको वुढो घोडा मिल्यो! उनीहरुले घोडालाई पनि त्यसरीनै सोधें :- गुनको वदला गुननै हुन्छ नि घोडा दाई? घोडा वोल्यो:-होईन गुनको वदला वैगुन नै हुन्छ! अनि गोहिले भन्यो हेर मैले २ ओटा सर्त जितिसकें मेरो वहुमत भईसकेको छ! त्यतिकैमा खरायो त्यहॉ आयो अव केटाले सोंच्यो सायद
यो पनि गुनको वदला वैगुननै भन्छ होला । गोहिले खरायोलाई त्यसरीनै सोध्यो :- गुनको वदला वैगुननै हुन्छ
नि? खरायो धेरै चलाख थियो उसले कुरा वुझ्यो अनि मलाई पुरै काहानी भन वल्ल मात्रै म भन्छु-
केटोले सवै कहानी भन्यो अनि खरायोले भन्यो कसरी तिमीले यो गोहिलाई उचालेर ल्यायौ मलाई विश्वास
लागेन ! मलाई देखाउ कसरी तिमीले कहॉवाट यहॉ सम्म लिएर आयौ ! गोहिले पनि हुन्छ भन्यो अनि उही सुकुलमा लपेटेर गोहिलाई सुख्खा खाल्टोमा राख्यो ! अनि खरायोले भन्यो यसलाई यही खाल्टोमै मर्न देउ
किनकी अन्यायको वदला न्याय हुन्छ! गुनको वदला वैगुननै हुन्छ! गोहि रुन थाल्यो! 

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top