असोज २८, टिकापुर – सधै भारतीय सुरक्षाकर्मीको कुटपीटले चर्चा पाइरहन्थ्यो तर यसपटक भने एकजना २० वर्षे नेपाली युवाले भारतीय सुरक्षा बल ‘एसएसबी’ को अत्याचारको विरुद्ध धावा बोलेका छन । सीमा नाकामा मनपरी गर्दै आएको भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले नेपालीलाई दुःख दिने गरेको नयाँ घटना होइन । सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले नेपालीलाई कुटपीट गर्दै आएका थिए तर यसपटक भने नेपाली युवाको हातबाट एसएसबीले नै कुटाइ खाए ।
कैलाली जिल्लाको भजनी-त्रिशक्ति नगरपालिका–७ गोदामटोलका २० वर्षीय गोविन्द कडायतले एसएसबीलाई चड्कन दिएका हुन । अघोषित रुपमा नाकाबन्दी गरेको अवस्थामा भारतबाट कडायतले आफ्नै प्रयोगको लागि डिजल ल्याउँदै गर्दा एसएसबीले गिरफ्तारको शैलीले भारत लैजान खोजेपछि विवदा सुरु भएको थियो ।
कडायतले एसएसबीको प्रतिकार गर्ने क्रममा चड्कन दिएका हुन । उनको चड्कनपछि एसएसबी नेपाल(भारत सीमा नजिक रहेको भजनी ईलाका प्रहरी कार्यालयलाई पक्राउन गर्न दबाब दिएका थिए । कडायतका अनुसार ट्याक्टरका लागि डिजल बोकेर ११५ नम्बरको सीमा स्तम्भ नजिकैबाट आउँदै गर्दा एसएसबीले उनलाई पक्राउ गर्न खोजेको हो । भारतीय एसएसबीको ज्यादतीमा पनि कडायतलाई पक्राउ गरेको भन्दै विरोधमा भजनीका स्थानीयबासीले बजार बन्द गराएर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । स्थानियबासीको दवावपछि प्रहरीले कडायतलाई छोडेको प्रहरी निरीक्षक भरत शाहले बताए । कडायतलाई सामाजिक संजालबाट धवाईको ओहिरो आइरहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.