नेपालबाट अाजकै दिन चिन तर्फ अनुदानको तेल लिन गएको छ भने यता भारतले भने नाकाबन्दी गरेको दिन देखि यता सामान्य अवस्थामा भनेदा ३ गुणा बढि इन्धन नेपाल पठाएको छ । आजै (बिहीबार) दिनरभरमा २ सय वटा ३७ पेट्रोलियम ट्याकंर र ग्यास बुलेट नेपाल भित्रिएका छन् । जसमा २ सय भन्दा बढी तेल ट्यांकर छन् । बिराटनगरको रानी भन्सार कार्यालयबाट मात्रै १ सय ३८ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएको भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बिहीबार ९३ वटा डिजेल, २८ वटा पेट्रोल र १७ वटा ग्यास बुलेट बिराटनगरबाट नेपाल प्रवेश गरेका छन् । यो संख्या सामान्य अवस्थाको भन्दा तेब्बर हो । समान्य अवस्थामा बिराटनगरबाट ४० ट्यांकर इन्धन नेपाल भित्रिने गरेको थियो ।
यसैगरी बिहीबार भैरहवाको बेलहिया नाकाबाट ६५ वटा वटा इन्धन ट्यांकर नेपाल आएका हुन् । हिजो बुधबार बेलुकै आएर भन्सारमा रोकिएका २९ वटा डिजेल र ४ वटा पेट्रोल ट्यांकर तथा ५ वटा ग्यास बुलेट आज मात्र नेपाल प्रवेश गरेका छन् । यस्तै बिहीबार नै आएका १२ वटा डिजेल र १५ वटा ग्यास बुलेट पनि भैरहवाबाट नै नेपाल भित्रिएका भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताए । नेपालगञ्ज नाकाबाट भने १७ ट्यांकर इन्धन नेपाल आएको छ । जसमा १४ वटा गाडीमा डिजेल छ भने ३ वटामा मट्टतिेल छ ।
कैलालीको गौरीफन्टा नाकाबाट दिनभरमा १४ ट्याकंर इन्धन नेपाल प्रवेश गरेका छन् । १३ वटा डिजेल र एउटा पेट्रोल ट्यांकर भित्रिएको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए । काँकडभिट्टाको मेची भन्सारबाट भने २ वटा डिजेलका गाडी मात्र आएका छन् । - अनलाईनखबर

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.