Advertisements
सन् १९७७ मा आगोबाट जलेर गम्भीर घाइते भएकी अमान्डा स्कारपिनाटी तीन महिने शिशु टाउकोदेखि पैतलासम्म पट्टी बाँधेको अवस्थामा मायालु नर्सले सुमसुमाएर उनलाई बोकेको ३८ वर्ष पुरानो फोटोले उनीहरुको पुनःमिलन गराइदिएको छ ।

३८ बर्ष अगाडी ति तीन महिने शिशु स्कारपिनाटी तातो पानीमा डुबेपछि अल्बेनी मेडिकल सेन्टरमा उनको प्लाष्टिक सर्जरी गरिएको थियो । जलेका उनका तस्बिहरुमध्ये एउटा तस्बिरलाई सन् १९७७ मा अल्बेनी मेडिकल सेन्टरको बार्षिक रिर्पोटमा समेत छापिएको थियो । न्युर्योक अस्पतालको आन्तरिक प्रकाशनमा ती तस्बिरहरु छापिएका थिए । गत साता ती र सम्बन्धित अन्य तस्बिरहरुलाई स्कारपिनाटीले फेसबुकमा पोस्ट गरिन् । नर्ससँग पुनःमिलन हुने आशामा उनले ती जीवन्त तस्बिर पोष्ट गरेकी थिइन् । फेसबुकमा पोष्ट गरेपछि तस्बिर भाइरल बने । मंगलबार स्कारपिनाटीले निकै वर्षअगाडि आफूलाई उपचार गरिएको कोठामा तस्बिर खिचिएकी नर्स सुसान वर्गरलाई आँशु चुहाउँदै हग गरिन् ।

स्मरणीय उपचार गरेको दशकौंपछि सुसान वर्गर अहिले न्युर्योस्थित काजेनोभिअ कलेजकी कार्यकारी उपाध्यक्ष बनेकी छिन् । ‘मलाई उपचार गर्ने नर्स पहिचान गर्न नसक्दा मैले एउटा अपूर्णताको चेतना महशुस गरेकी थिए,’ स्कारपिनाटीले मंगलबार राती सीएनएनलाई लेखेको एक स्मरणपत्रमा उल्लेख छ ।

‘…उनलाई आज भेट्दा तत्काल सामिप्यता देखियो र म फेरि उनको काखमा भावुक भएँ । जीवन भरको एउटा साथीसँगको सम्बन्ध जस्तो…।’ न्युयोर्कस्थित काजेनोभिअ कलेजकी कार्यकारी उपाध्यक्ष वर्गरले भनिन, ‘ मैले मेरो जीवन कालमा विरामीलाई गरेका सेवामध्ये सबैभन्दा ठूलो सम्झना हो यो । ’



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top