भारतले गरेको अघोषीत नाकबन्धीले नेपाली जनतालाई निकै सास्ती परिरहेको बेला चीनसँगको रसुवागढी - केरुङ व्यापारिक नाका करिब ६ महिनापछि खुल्ने भएको छ । आज बिहान ९ बजे बाट औपचारिक कार्यक्रम गरी नाका सुचारु भएको घोषणा गरिएको छ ।
१२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति र्पुयाएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मत सम्भार भएपछि बिहीबारबाट भन्सार नाका सुचारु हुन लागेको हो ।
यो नाकाबाट लत्ता–कपडाबाहेक संकट परेका वेला इन्धन आपूर्ति पनि गर्न सकिनेछ ।वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको नेतृत्वमा परराष्ट्र, गृह, रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालयलगायतका पदाधिकारी र चिनियाँ पक्षबीच नाका सुचारु गर्ने विषयमा बुधबार छलफल भएको थियो ।
छलफलमा बिहीबार बिहान नौ बजे औपचारिक कार्यक्रम गरी नाका शुभारम्भ गर्ने निर्णय भएको छ । केरुङ नाका शुभारम्भको अवसर पारेर चीनले करिब एक करोड ५० लाख रुपैयाँबराबरको सामान पनि सरकारलाई हस्तान्तरण गर्ने भएको छ । नयाँ पत्रिकामा समाचार छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.