Advertisements
बागलुङ जिल्लाको हुग्दिशिरमा एक युवती हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । हुग्दिशिर ३ की २७ वर्षीय तारा श्रीसलाई हत्या गरेको आरोपमा सोहि ठाँउकै इन्द्रवहादुर पुन पक्राउ परेका हुन् । चार दिन अघि जिल्लाको हुग्दीशिरमा मृत अवस्थामा भेटिएकी श्रीष हत्याको आरोपमा पक्राउ परेका इन्द्र बहादुरले घटना आँफुले घटाएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

युवती सर्वोदय उच्च मावि बरेङकी शिक्षिका हुन् प्रहरीले अभियुक्त पुनलाई जाहेरी आएसंगै खोज सुरु गरि विहिवार पर्वतको फलेवासमा पक्राउ गरेको थियो । गत ४ गतेदेखि घरवाट सम्पर्कविहिन भएकी श्रीषको शव ११ गते मृत अवस्थामा भेटिएको थियो । प्रहरीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । पत्रकार भेटघाटमा इन्द्र बहादुरले आफुले श्रीसलाई मन पराएको र विहे गर्न नमानेपछि हत्या गरेको स्वीकारे ।

मृतक श्रीस र इन्द्र बहादुरबीच प्रेम सम्वन्ध भए पछि बिहेको प्रस्वात अस्वीकार गरेपछि यस्तो घटना घटाएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक चन्द्र बहादुर सिंहले बताए । २० वर्षका अभियुक्त पुनको घरमा मृतक तारा श्रीस शिक्षण पेशा गर्ने समयमा वस्दै आएको र त्यहि समयदेखि नै दुई जनाबीच प्रेम सम्बन्ध सुरु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले असोज ४ गतेदेखी हराइरहेको शिक्षिका श्रीस ११ गते मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान गर्दा पुनको सगंनता रहेको प्रहरीले पत्ता लगाएको बताए । हुग्दिशिर गाविसको वडा नं ३ भाटीको छेण फोहोर फाल्ने खोल्समा श्रीषको सव भेटिएको थियो । मृतक श्रीसको धुल्लुबांस्कोट गाविसका छमबहादुर थापासँग छ वर्ष अघि विहे भएको भए पनि दुई वर्ष देखि पतिसँग सम्बन्ध नभएको माइती पक्षले बताएका छन् । स्राेत : धवलागिरी अनलाईन


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top