Advertisements
भनिन्छ नि दशा लाग्न पर्छ के के हुन्छ हुन्छ । यहाँ कास्कीको लेखनाथ नगरपालिका वडा नं. ७ काली गण्डकी नजिक एउटा त्यस्तै घटना घटेको छ । एक घरमा पार्किङ गरी राखेको मोटरसाइकलबाट पेट्रोल चोर्ने क्रममा अागो लागेर उक्त मोटरसाइकल ध्वस्त भएको छ । भुवनराज लामिछानेको घरमा पार्किङ अवस्थामा राखिएको मोटरसाइकलबाट राती तेल चोर्ने क्रममा आगलागी भएको हो । चोरले बाइकबाट पेट्रोल निकाल्नेक्रममा अध्यारोले गर्दा केहि नदेखेका कारण लाइटर बालेर हेरेको हुनसक्ने जसको कारण मोटरसाइकलमा आगो सल्किएको हुन सक्ने प्रहरीले बताएको छ । आगलागीबाट ग ८ प ३४३१ न को हिरो होन्डा मोटरसाइकल जलेर नष्ट भएको छ । घट्नामा संलग्न भएको आंशकामा प्रहरीले एक जनालार्इ नियन्त्रणमा लिएको छ । प्रहरीले लेखनाथ ७ बडहरेका २१ बर्षिय सुरेश नेपालीलार्इ नियन्त्रणमा लिएको डाँडाको नाक प्रहरी चौकीले जानकारी दिएको छ । अर्काे एकजनाकाे खाेजी भैरहेकाे समेत प्रहरीले जनाएकाे छ ।

यतिखेर नेपाल भरी पेट्रोलियम पदार्थको अभाव भएका बेला रातीको समयमा तेल चोरी गर्ने चोरहरुको संख्या निकै बढ्दो छ । लेखनाथको सुन्दरी डाँडा, शिशुवा, तालचोक लगायतका क्षेत्रमा राती घरमा राखेको मोटरसाइकलबाट पेट्रोल चोरी भएको गुनासो आएको छ । तर प्रहरी चौकीमा भने कसैको पनि उजुरी नपरेको बताइएको छ । अभावको बेलामा दिनभरी लाइनमा बसेर राखेको पेट्रोल चोरी भएपछि उपभोक्ता झन मारमा परेका छन् ।


नमुना तस्विर


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top