Advertisements
चिनियाँ प्रधानमन्त्री ली खछियाङले प्रधानमन्त्री केपी ओलीलाई बधाई दिँदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताएका छन् । नेपाल चीनको घनिष्ठ छिमेकी भएको र आपसी सरोकारका एजेण्डामा सधैँ एकले अर्कोलाई समर्थन गर्दै आएको उल्लेख गर्दै चिनियाँ प्रधानमन्त्री लीले ओलीले नेतृत्व गरेको नयाँ सरकारले नेपालको राष्ट्रिय स्थिरता र आर्थिक विकासमा नयाँ उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री लीले दुई देशबीचको साझेदारी बलियो बनाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउन नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको ओलीलाई बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले सोमबार बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुनयिङले पनि नयाँ सरकारलाई बधाई दिएकी छिन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै आइतबार काठमाडौँस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले एमाले कार्यालयमा नै पुगेर बधाई ज्ञापन गरेका थिए ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top