Advertisements
हामी सुन्ने गर्दछौ कि इन्डियन पुलिस एउटा चुरोट पनि घुसको रुपमा लिने गर्दछन् । त्यस्तै घटना घटेको छ भारतको उत्तर प्रदेशको मेरठमा ।  हालसालै मरेठ इन्डियन पुलिसले निकै लाजमर्दो काम गरेर पुलिसको इज्जतलाई अझ गिराएका छन् । जनताको सेवा गर्नुपर्ने ठाउँमा, जनतालाई चोर बाट निर्धक्क गराउनको लागि दिन रात खटिनुपर्ने पुलिसले नै चोरीको काम गरेका छन् । अझ अनौठो कुरा के छ भने चोरी पनि सामान्य सिएफएल (CFL) चोरी । तपाईलाई अचम्म लाग्यो होला तर यो खबर साँचो हो । हिजो शनिबारको दिनमामात्रै धेरै भन्दा धेरै भारतीय संचार माध्यमहरुले यस खबरलाई निकै हाइलाइट गरिरहेका थिए । यो खबर तब अगाडी अायो जब चोरी भएको ठाउँमा रहेको सिसिटिभीले उक्त चोरी भैइरहेको भिडियो सार्वजनिक भयो ।

सीसीटीवी क्यामरामा कैद भएको फुटेजमा राम्रो सँग देखिएको छ कि कसरी पुलिसले गोलाबढ स्थित एक घरको बाहिर लगाइएको सिएफएललाई निकै सावधानिपूर्वक चोरेर त्यहाँबाट फरार भए । सीसीटीवी क्यामरामा कैद भएको पुलिसकर्मीको यो भिडियो बाहिर आएपछि एसएसपी दिनेश चन्द्र दुबेले आरोपी पुलिसकर्मी अरुण शर्मा लाई सस्पेन्स गरेका छन् ।

हेर्नुहोस् उक्त भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top