Advertisements
भारतको बेङलुरुमा बस्ने एउटा ८ बर्षाीय बालकले त्यस्तो काम गरेका छन् जुन ठूला ठूला व्यक्तिहरुले गर्न सकिरहेका थिएनन् । जानकारीको अनुसार, ३ कक्षा मा पढ्दै गरेका अभिनव नाम गरेका बालकले प्रधानमन्त्रीको कार्यालयलाई एउटा चिठ्ठी लेखेर आफ्नो ठाउँको समस्यालाई प्रश्तुत गरेका थिए ।

अभिनव जुन बाटो हुँदै स्कुल जान्छन् त्यहाँ एउटा फ्लाईओभर को निर्माण लामो समय देखि निर्माणाधीन अवस्थामा अपुरो भइरहेको छ । फ्लाईओवर निर्माणाधीन भएका कारण अभिनवलाई यशवन्तपुर स्थित स्कूल जानको लागि ३ किलोमिटरको बाटो हिड्न पर्ने हुन्छ । जुन यात्रा करिब ४५ मिनेटको हुन्छ । जहाँ बाटोमा  फ्लाईओभर बनिरहेको छ त्यहाँ रेलवे क्रसीङ पनि छ ।

यो समस्याका कारण मानिसहरुको स्वास्थ्यमा समस्या अाउनुका साथै मेरो पढाईलाई पनि हानि गरिरहेको छ । यस्तै कुराहरु लेखेर चिठ्ठी प्रधानमन्त्रीको कार्यालयमा पठाएका थिए ।  खबरका अनुसार त्यो फ्लाईओभर बजेट पास नभएको कारणले अधूरो भएको हो । अभिनवको त्यो चिठ्ठी पाएपछि यस सन्दर्भमा रेलवेसँग जवाफ मागिएको छ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top