Advertisements
३ कात्तिक, काठमाडौं । चीनले राहत स्वरुपमा उपलब्ध गराएको इन्धन लिनका लागि नेपाल आयल निगमले अाज (शुक्रबार) १२ वटा ट्यांकर केरुङ पठाइसकेको छ । बाँकी ट्याङ्करहरु भने शनिबार मात्र पठाइने अायल निगमले जनाएको छ । पठाउनेक्रममा निगमका पदाधिकारीहरुले पठाउन लागिएको ट्याङ्करलाई पूजा गरि चालकहरुलाई समेत टिका लगाएर बिदा गरेका छन् । देख्दा यस्तो भान हुन्थ्यो कि कुनै यूद्धमा जाँदैछन् र निगमका पदाधिकारीहरुले बिजयको अाशिर्वाद दिंदैछन् ।

भारतले गरेको अघोषित नाकाबन्दी गरेदेखि नेपालमा इन्धन अभाव सृजना भएको थियो । लामो समयदेखी को अभावलाई सहज बनाउने हिसाबले चिन सँग संझाैता गरिएको थियो ।  पठाइएको ट्याङ्कर नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रमा रहेका १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर हो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top