Advertisements
सोशल नेटवर्कीक साइटमा नाम कमाउने, लाइक र कमेन्टहरुको भोको जो कोहि पनि हुने गर्दछन् । जसका लागि मानिसहरु अनौठो अनौठो कार्यहरु गरिरहेका हुन्छन् । कहिले काँही त उनिहरु सबैकुरा बिर्सन्छन् । उनिहरुको लागि यो एउटा लत जस्तै बनिसकेको हुन्छ । कतिले त हरेक मिनेट मिनेटमा अाफ्नो सबैकुरा लाई अपडेट गर्न भ्याइरहेका हुन्छन् । यस्तै एउटा भिडियो पछिल्ललो समयमा सामाजिक संजालहरुमा निकै भाइरल भइरहेको छ ।

यो भिडियोलाई रैपर तारिक रयलले फेसबुकमा पोस्ट गरेका थिए । रैपर तारिक रयल बजारमा घुमी रहेका थिए तब एके ४७ को गोलि उनको टाउकोमा लाग्यो । गोलिको कसैले उनलाई नै हान्ने दृष्टिकोणले ले चलेको थिएन उक्त गोली उनलाई झुक्कीएर लागेको थियो ।

त्यसपछि तारिकले डाक्टरलाई देखाउनुको सट्टा त्यही घाइते हालतमा आफैले आफ्नो एउटा भिडियो बनाएर फेसबुकमा पोस्ट गरे । भिडियोमा तपाई तारिकको टाउको रगतले लतपत भएको देख्न सक्नुहुन्छ । र यस भिडियोमा भगवानलाई धन्यवाद दिएको छ कि प्रभुले उसलाई बचायो । उनको यो भिडियो जब फेसबुकमा पोस्ट भयो तब कतिले यसलाई मजाकको रुपमा लिए भने कतिले उनि बचेकोमा खुसी मनाए ।

हेर्नुहोस् भिडियो



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top