Advertisements
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले दशैमा जनताले राहत महसुस गर्ने उद्देश्यकका साथ काम थालिसकेको भन्दै केही दिनमै जनताले राहतको अनुभव गर्ने उल्लेख गरे ।

थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको जानकारी दिए

पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र संबादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालको असंलग्नता, पञ्चशील र संयूक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रोएक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने भन्दै चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गरे ।

थापाले नेपाली कुटनीतिको अभ्यास र मुल्य मान्यतालाई अगाडि बढाउने बताउँदै परराष्ट्रका कर्मचारीहरुको क्षमता अभिबृद्धिकोलागि तालिम दिने योजना सुनाए । फरक फरक विचार भएपनि अहिलेको सरकार राष्ट्रियताको सुदृढिकरण, प्रजातन्त्रको सवलीकरण र मुलुकको आर्थिक समृद्धिको चाहनाले गठन गरेको भन्दै उनले फरक विचारले सरकारको प्रभावकारितामा कुनै असर नपर्ने दावी गरे ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top