भारतको पश्चिम बंगालको मिदनापुर जिल्लामा चार बर्षको बच्चाको पेटबाट मृत अवस्थामा रहेको भ्रूण निकालेको घटनाले सबैलाई अचम्ममा पारेको छ । यस घटनालाई डाक्टर पनि मेडिकल साइन्सको निकै दुर्लभ घटना भएको बताउँछ। यस्तो घटना हर छ लाख मध्ये एउटामा पाइन्छ ।
बच्चाको उपचार गर्ने डा. शिर्षेन्दु गिरीको अनुसार, बच्चाको पेटमा अत्याधिक पिडा भएका कारण नर्सीङ होममा भर्ना गरिएको थियो । शुरुमा सबैलाई त्यो ट्यूमर होला भन्ने शंका थियो तर अल्ट्रासोनोग्राफी र सीटी स्क्यान जस्तो परीक्षण पछि थाहा भयो कि उसको पेटमा मृत अवस्थाको भ्रुण थियो ।
गिरिको अनुसार, अाइतबार राती अपरेशन गरि मृत अवस्थाको भ्रुण उसको पेटबाट बाहिर निकालिएको छ । सबै भन्दा अनौठो कुरा यो छ कि भ्रुणको हात, खुट्टा, नङ अांशिक रुपले टाउको पनि विकसित भएको थियो ।खरिकाबन्द गाउँमा बस्ने बच्चा भने अहिले ठिक अवस्थामा र डाक्टरहरुको रेखदेखमा छन् ।
डाक्टरका अनुसार, जब भर्भावस्थाको शुरुवातमा जुम्ल्याहा बच्चाहरुमा एउटा गर्भनालको माध्यमबाट दोस्रोमा प्रवेश गर्दछ भने दोस्रो बच्चाको लागि परजीवी जस्तै हुनजान्छ र यस्तो स्थिति बन्दछ । जन्म भएपछि यो बच्चा एउटा बच्चाको पेटमा रहन्छ । शिशु भित्र शिशु’ (फीटस इन फीटू) जस्तो चिकित्सकीय असामान्य स्थिति दुर्लभ हुन्छ र प्रत्येक पाँच देखी छ लाख मध्येमा एउटामा देखा पर्दछ यस्तो समस्या ।
नमुना तस्विर : गुगल

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.