सरकारी सवारी साधानलाई मात्र इन्धन वितरण गर्ने अायल निगमकाे कार्यबाट अाक्राेसित बनेकाे नेकपा माअाेवादीले पेट्रोलियम पदार्थकाे अापूर्तिलाई सहज बनाउन नेपाल आयलसँग माग गरेकाे छ । माओवादीका काठमाडाैँ जिल्लाका सेक्रेटरी पुष्कर श्रेष्ठको नेतृत्वमा गएको टोलीले इन्धनको सहज आर्पुर्ति गर्न माग गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको हो ।
इन्धन अापूर्ति नुहुँदा जनताकाे दैनिकी चल्न छाेडेकाे भन्दै माअाेवादीले वैकल्पिक व्यवस्था गरेर भएपनि जनजीवनलाई सहज बनाउनु ध्यानाकर्षण गराएकाे छ । ‘अापूर्ति राेकिँदा जनताकाे चुलाे बल्न छाेडेकाे छ, भारतबाट अापूर्ति गर्न नसकिने भए वैकल्पिक व्यवस्था गर्नुहाेस्’ निगम अधिकारी समक्ष सेक्रेटरी श्रेष्ठले भने । उनले तत्काल अापूर्ति नगरि बसे अाफूहरुले कडा अान्दाेलन गर्ने बताए ।
माओवादीकाे ध्यानकर्षण पत्र बुझदै निगमका कार्यकारी निर्देशक खड्काले अघोषित नाकाबन्दी पश्चात इन्धनको समस्या भएकाले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । दशैंलाई मध्यनजर गर्दै सार्वजनिक सवारीलाई प्राथमिकताका साथ इन्धन उपलब्ध गराएको खड्काले जानकरी गराए । कार्यकारी निर्देशक खड्काले निगमको काम इन्धन वितरण गर्ने मात्र भएकाे भन्दै अापूर्ति सहज बनाउन सरकार समक्ष माग गरेको बताए । माओवादीले दसैं र तिहारका मुखमा पनि जनताकाे कुनै मतलव नगरेर आयल निगमले सरकारी सवारी साधनलाई मात्र इन्धन दिएको भन्दै आपत्ती जनाएको छ । सर्वसाधारणकाे अावश्यकतालाई ध्यान नदिए सरकारी साधानलाई वितरण गर्ने पेट्राेलियम पदार्थ खाेसेर जनतालाई बाड्ने चेतावनी समेत दिएकाे छ । स्रोत: अनलाइनडबली

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.