Advertisements
भारतको सबै भन्दा लोकप्रिय शपिङ वेवसाइट फ्लिफकार्टलाई एक यूवकले २० लाख रुपैया ठगेका छन् । यो कुरा त्यतिखेर सार्वजनिक भयो जब फ्लिपकार्टले बनस्थलीपरम् पुलिस थानामा रिपोर्ट दियो । थानामा दिइएको रिपोर्ट अनुसार वीरा स्वामी नामका एक युवकले करिब २० महिनामा २ सय पटक सामान अर्डर गर्दा कम्पनीलाई करिब २० लाख रुपैया बराबर ठगेका थिए ।

एक हिन्दी वेवसाइटको न्यूज रिपोर्टको अनुसार विरा स्वामीले आफ्नो आमा, श्रमती, बाबु, भाइ र अन्य छिमेकी तथा रिलेटिभहरुको नामबाट फ्लिपकार्टमा सामान अर्डर गर्ने गर्थे त्यसपछि उक्त व्यक्तिको ठग्ने काम सुरु हुन्थ्यो । अर्डर मिलीसकेपछि फ्लिपकार्टको कल सेन्टरमा तपाईहरुको सामान नराम्रो, साह्रै घटिया रहेछ भनी सामान फिर्ता गर्न बाध्य बनाउँदथ्यो ।

स्वामी असली सामानलाई बडो चतुराईले पुरानो सामानसँग बदली त्यसमा मोडल नम्बर पनि लेख्दिन्थ्यो ता कि आफू लाई कसैले शंका नगरोस् अनि आफ्नो पैसा फिर्ता पनि होस् । कम्पनीको अनुसार स्वामीले धेरै फेक इमेल आइडी बनाई हरेक पटक सामान खरिद गर्दा छुट्टा छुट्टै इमेल तथा बैंक एकाउण्ट प्रयोग गर्दथ्यो । यस बारेमा अनुसन्धान गर्दै रहेका वनस्थलीपुरम् थानाका सीनियर इन्स्पेक्टर पी.पुष्पम कुमारले भन्छन् कि हामी कम्पनीले गरेको उजुरी अनुसार अनुसन्धान गर्दैछौ साथै हामी अारोपीको पक्ष पनि सुन्नेछौ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top