Advertisements
चीनको एउटा घरबाट डाइनोसरको अण्डा निकालिएको छ ।  यो सुन्दा तपाईलाई यो फेक न्यूज हो भन्ने लाग्न सक्छ या भनौ तपाईलाई कत्ति पनि विश्वास नलाग्न सक्छ तर यो साँचो हो । अब यो ठाउँ डाइनोसरको शहरको नामले चिनिन थालेको छ । यो यसकारणले कि उक्त ठाउँमा धेरै समय देखि बेला बेलामा डाइनोसरको अवशेष फेला पर्ने गर्दछ ।

केहि दिन पहिला यहाँको हेयुअान शहरमा डाइनोसरको अण्डा निकालिएको समाचारले अनलाईन पोर्टलहरु तातेका थिए । जून देखेर सबै मानिसहरु अचम्ममा परेका छन् । यो पहिलो पटक हो कि यो प्रान्तमा डाइनोसर को अण्डा भेटिएको थियो । भेटिएको अण्डा अरु कतै नभएर एक व्यक्तिको घरमा मर्मतको काम गरिरहेको अवस्थामा भेटिएको थियो ।

खन्ने क्रममा उक्त घरबाट ६ करोड बर्ष पुरानो २१३ अवशेष अण्डा र एउटा कङ्काल भेटिएको थियो । यो अवशेष लाई यो प्रान्तको पुलिसले २९ जुलाईमा छापा मारी जफत गरेको छ । यो भन्दा केहि दिन अगाडी यहाँको स्थानीय वासिन्दाले एक निर्माणाधीन स्थलबाट धेरै संख्यामा डाइनासोरको अण्डा भेटेका थिए त्यसपछि दोस्रो पटक फेरी अण्डा भेटिएपछि पुलिसहरुलाई शंका लागेको थियो ।

त्यसैकारण, पुलिसले एक घरमा छापा मारी उक्त अवशेषहरुलाई जफत गरेको थियो । यो शहरले आफ्नो प्रान्तिय संग्रालयमा दस हजार भन्दा बढि अवशेष अण्डा संग्रह गरेर गिनिज रेकर्डमा आफ्नो नाम लेखाएको छ । चाइनाको कानून बमोजिम यस्ता अवशेष संग्रह गर्ने अधिकार मात्र सरकारलाई छ ।






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top