Advertisements
१९१२ मा टाइटानिक जहाज डुबेकव घटनामा यो बिस्कुटसुरक्षीत बचेको थियो । जुन गएको शनिबार इङ्गल्याण्डमा लिलाम गरिएको छ । यो बिस्कुट २३ हजार डलरमा लिलाम भयो, जुन अहिले सम्मको सबै भन्दा महङ्गो बिस्कुट हो । चारपाटे अाकार भएको यो बिस्कुटको लम्बाइ ९ देखि १० सेन्टीमीटर छ । यो बिस्कुट टाइटानिक घटना हुँदाको समयमा लाइफबोटमा भएको महत्वपूर्ण सामाग्रीहरु सँगै थियो । यो बिस्कुटको लिलामी अायोजित एन्ड्यू एलड्रिजले गरेको थियो भने यो बिस्कुट स्पीलर्स एण्ड बेकर्स कम्पनीको पाइलट नाम गरेको बिस्कुट हो ।

यसलाई सबै भन्दा पहिला जेम्स फेनविकले देखेका थिए । र त्यसलाई एउटा निशानीको रुपमा एउटा वाटरप्रुफ खाममा राखेका थिए । फेनविक जहाज डुबेपछि बचाउ अभियानमा सामेल भएका थिए त्यही समयमा उनलाई त्यो विस्कुट मिलेको थियो । फेनविकको साथमा बचाउ अभियानसँग जोडीएका तस्विरहरुको संग्रह पनि छ ।

लिलामी कर्ता एन्ड्रयू का अनुसार, यो बिश्वकाे सबैभन्दा बहुमुल्य बिस्कुट हो । यसलाई ग्रिसका एक व्यक्तिले खरिद गरेका छन् । एन्ड्रयूकाअनुसार पछिल्लो २० भन्दा बढि बर्ष देखि टाइटानीक घटनाको समयमा मिलेको सामानहरु लिलामी गरिरहेको र यो बिस्कुट भन्दा पहिला कुनै पनि सामानहरु यति धेरै पैसामा नबिकेको बताउँछन् ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top