Advertisements
हिन्दु धर्ममा श्राद्धको व्यवस्था यसकारण ले गरिन्छ कि मानिस बर्षमा एक पटक आफ्नो पितृ (मरेर गएका आफ्नो पुर्खा) हरुलाई याद गरेर उनिहरु प्रति आफ्नो श्रद्धा व्यक्त गरुन् । श्राद्धको अर्थ आफ्नो पितृहरु प्रति व्यक्त गरिने श्रद्दा हो । जुन व्यक्तिको कुण्डलीमा पितृ दोष हुन्छ त्यस्तो व्यक्तिलाई पनि श्राद्ध को समय विशेष हुन्छ । किनकि यो १६ दिनमा गरिने कर्मको आधारमा पितृ दोषबाट मुक्ति पाउन सकिन्छ । धर्म ग्रन्थको अनुसार, जो व्यक्ति श्राद्ध को समयमा आफ्तो पितृलाई तर्पण, पिण्डदान वा श्राद्ध गर्दैन त्यस्तो व्यक्तिलाई बिभिन्न किसिमको समस्याहरु आउने गर्छ त्यस्तो लाई पितृदोष भनिन्छ ।

पितृदोष लाग्दा हुने समस्याहरु -

१. कुण्डलीमा पितृ दोष भएका व्यक्तिहरुलाई सन्तान हुनमा समस्या आउँछ । कतिपय अवस्थामा त सन्ताननै पैदा हुँदैन यदि भइहाले पनि जीवनमै संकट आउने हुन्छ ।

२. पितृदोष हुनाले जहिले पनि अार्थीक संकट भइरहन्छ ।कुनै न कुनै प्रकारले धनको हानी भइरहन्छ ।

३. पितृदोष भएका व्यक्तिहरुले विवाहका लागि धेरै प्रकारको समस्याहरु झेल्नुपर्ने हुन्छ ।

४. घर-परिवारमा कुनै न कुनै कारणले झगडा भइरहन्छ । परिवारका सदस्यहरुमा मनमुटाव भइरहन्छ ।

५. पितृदोषका कारण लामो समय सम्म मुद्दा खेपिरहनुपर्ने, कुनै पनि कारणले मुद्दामा फसीरहेने हुन्छ ।

६. पितृदोषका कारण परिवारको एक न एक जना निरन्तर बिरामी भइरहने हुन्छ । जु बिमारी चाँडै निको हुने हुँदैन ।

७. पितृदोषका कारण कन्याको विवाहमा धेरै समस्या झेल्नुपर्ने हुन्छ । या त कन्याको विवाह छिटो हुन पाउँदैन र खोजेको जस्तो वर पनि मिल्दैन ।

माथि दिइएको कुनैपनि बाधा पितृदोषको कारण हुन् । नियमापूर्वक श्राद्ध गर्दा यसको निवारण हुन्छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top