Advertisements

बिश्वका सबै ठाउँ देश अनूसार अलग अलग समाज अलग अलग रितिरिवाज र धेरै भन्दा धेरै जातिहरु रहेका हुन्छन् । विवाह एउटा त्यस्तो इभेन्ट हो जून समाज, रितिरिवाज, देश अनुसार फरक फरक ढंगले गर्ने गर्दछन् । आदिवासीहरु केटीलाई भगाएर लाने गर्दछन् यस्तै यस्तै फरक फरक परम्परा हुने गर्दछ विवाहको समारोहमा । यस्तै एउटा अनौठो परम्परा चिनको बिवाह समारोहमा हुने गर्दछ ।

चीनमा एक समाजमा बिवाहको बेला दुलहीलाई लाई तिन पटक सम्म धनुष हान्नु पर्ने र पछि धनुषलाई भाच्ने परम्परा छ ।  चीनको युगुर समुदाएमा पहिला त निकै राम्रो प्यारो तरिकाले दुल्हा दुलही को विवाह हुन्छ। यो कार्यक्रम २ दिन सम्म धुमधामले हुन्छ । त्यसपछि त्यहाँको रितिरिवाज अनुसार दुल्हाले दुलहीलाई ३ पटक सम्म धनुषले निशाना लगाएर हान्नुपर्ने हुन्छ । यसरी हान्दा वाणको चुच्चो भाग निकालिएको हुन्छ ताकि दुलहीलाई कुनै चोट नलागोस् । यसपछि दुल्हा उक्त धनुषलाई भाच्ने गर्दछ । यस्तो यसकारण गरिन्छ कि यस्तो गर्दा दुल्हा र दुलही एक अर्कालाई हरेकपल माया गर्नेछन् र उनिहरुको सम्बन्ध मजबुत बनिरहन्छ भन्ने उनिहरुको मान्यता रहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top