भारतबाट पेट्रोलियम पदार्थ लगायतका सामान बोकेर आएका गाडी नेपाल छिर्न नदिने भन्दै दशगजा क्षेत्रमा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय बासिन्दाले लखेटेका छन् । स्थानिय बासिन्दाले प्रर्दशनकारीलाई लखेटे संगै सुनौली (बेलहिया) नाका खुलेको छ ।
नाका खुलेसँगै अहिले रुपन्देहीको बेलहिया नाकामा भन्सार जाँच भएर भारत तर्फबाट मालबाहक गाडीहरु नेपाल भित्रिदै छन् । पेट्रोल, डिजल, ग्यास, तरकारी र फलफूल बोकेका गाडीहरु नेपाल भित्रिन थालेका छन् ।
अहिलेसम्म यो नाकाबाट ३५ वटा गाडी नेपाल प्रवेश गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । जसमा दुई वटा ग्यास बोकेको गाडी र एउटा तेलको ट्यांकर रहेको भन्सार कार्यालयले जनाएको छ । स्रोत : सेतोपरेवा

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.