Advertisements
एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०/७१ मा ८६ एचआइभी/एड्सबाट प्रभावित बनेको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभी/एड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने डरसमेत बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्था, निजी एवम् अन्य क्षेत्रबाट केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनुपर्ने समितिका सदस्यसचिवसमेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र घिमिरेको भनाइ छ । एचआइभी/एड्स तथा यौन रोगको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न चिकित्सा सेवाको अतिरिक्त सूचना, शिक्षा र आमसञ्चारमाध्यमलाई अझ बढी प्रभावकारी बनाउने उनले बताए ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top