Advertisements
प्रय टिभीमा सुन्दर हुनको लागि धेनै नै बढाइचढाइ गरि विज्ञापन देखाइने गरिन्छ । त्यस्तै विज्ञापन मध्ये  एउटा भारतिय साबुनको विज्ञापन विज्ञापन छ । विज्ञापनमा भनिएको छ कि यो साबुनको प्रयोग गर्नुहोस् गोरो हुनुहोस् । तर के बास्तवमा यस्तै हुन्छ त हामीलाई बिज्ञापन हेर्दा हुन्छ जस्तै लाग्दछ । हालसालै एउटा इन्डियाको साउथको एउटा चर्चीत कलाकार ममूटी अभिनित एउटा 'फेयरनेस साबुन' विज्ञापनले गर्दा उनलाई अदालत सम्म जानु परेको थियो ।

विज्ञापन अनुसार प्रयोग गर्दा निराशाजनक नतिजा आएका कारण एक व्यक्तिले मुद्दा हाले ।  उक्त साबुनको नाम इन्दुलेखा ह्वाइट सप थियो जसको प्रमोट कलाकार ममूटीले गरेका थिए । अहिले ६४ बर्षीय ममूटीले अदालतसँग वकिल र केही समय मागेका छन् । उनले भनेका छन् कि उनकोमा अहिले सम्म नोटिस पुगेको छैन । अब यो केसको सुनुवाइ १२ अक्टुबरमा हुनेछ ।

एउटा न्यूज च्यानल एनडीटीवी का अनुसार, एउटा मुर्तीकारले भने, मैले करिब १ बर्ष सम्म इन्दुलेखा साबुन प्रयोग गरे तर गोरो भइन । हाम्रा ठूला ठूला कलाकार आजकल यस्ता सामानहरुको बारेमा त्यतिकै प्रतिबद्धता या पुष्टि गर्दछन् यस्तो रोकिनु पर्दछ । ममूटीका वकिल भन्छन् ममूटी एउटा कलाकार हुन् उनले त स्क्रिपराइटरले जे लेखेर दिए त्यही बोलेका हुन् यस्तोमा कलाकारलाई दोष दिनु गलत हो ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top