Advertisements
साधुको भेषमा बद्नाम काम गर्ने भारतमा एक साधु स्वामी छन् जसको नाम हो ‘लिंगम स्वामी’। उनको नामबाटै काम छर्लंग हुन्छ कि यिनको काम पक्का पनि बद्नामी नै छ भन्ने जसले गर्दा अहिले उनको चौतर्फी बिरोध भैरहेको छ । बलिउडका चर्चित स्टार ऋषि कपूरले यो घटनाको खुलासा गरेका हुन् ।

बलिउडका सुपर स्टार ऋषि कपूरका अनुसार ती बाबाले आफ्नो लिंगको दर्शन गर्नेहरुलाई वीर्यदान तथा पुरुषवान बनिरहने वरदान दिन्छन् । आफ्नो लिंग छोएर दर्शन गरेमा पौरुषत्व जीवनभर ‍उत्तिकै रहने उनको दावी छ । यसको आलोचन गर्दै ऋषिले टि्वट गरेका छन्, ‘हाम्रो देशमा कति भोलेहरु छन् । यस्ता बाबाहरुको झुटो कुरासँग मानिसहरु कसरी विश्वास गर्छन् । यो निकै लज्जास्पद् छ ।’

साथै उनले सबैलाई जागरुक हुन आग्रह गरेका छन् । धर्मको नाममा मानिसलाई भ्रमित पार्दै केही व्यक्तिले फाईदा उठाईरहेको उनको दावी छ ।बलिउठका चल्ताफिर्ता स्टारले यस्तो सवाल उठाएपछि इण्डियन मिडियाहरुमा पनि यसले रामैसँग ठाउँ पाएको छ । उनी मात्रै होइन केही समयअघि आशाराम नामका बाबा यौन हिंसाको आरोपमा पक्राउ परेका थिए भने, अहिले राधेमा‌ँ नामकी एक महिलाको विवाधित छविको देशभर विरोध भइरहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top