मानिस रिसाउँदा विभिन्न अपराधीक क्रियाकलाप गर्छ भन्ने कुरा हामी प्राय समाचारमा सुन्ने गरिन्छ तर चिनमा एक मानिस रिसाउँदा अनौठो अपराध गरेका छन् । पति पत्नीको झगडा हुँदा रिसले आफ्नै पत्नीको नाक टोकेर खाएका छन् । पत्नीले आफ्नो फोन नउठाएका कारण रिसमा यस्तो घटना घटाएका थिए । पत्नी नाइट शिफ्टमा काम गरिरहेको समयमा रातको २ बजे पतिले फोन गरेको र काममा व्यस्तताका कारण पत्नीले फोन उठाउन नसकेको हुँदा पति रिसले चुर भइ विहानै पत्नीको अफिसमा गइ आफ्नै पत्नीलाई हमला गरि नाक टोकेर काटेका थिए । नाक टाेकेर मात्र नभइ दुष्ट पतिले नाक नै खाइदिए । पिडित पत्नी येंङले एउटा लोक्कल टिभी च्यानलमा आफ्नो दर्दनाक घटनाको बारेमा बताएकी थिइन् । येंङ भन्छिन 'जब म तलाई फोन गरेको थिए, तव तैले किन फोन नउठाएको?' यस्तो भन्दै मेरो शिरलाई भित्तामा धकेल्दै मेरो नाक टोकेको थियो । नाकलाई ठिक गर्नको लागि सर्जरी गर्नुपर्ने र लगभग तीन महीना समय लाग्ने बताइएको छ ।
आफ्नै श्रीमतीको नाक टोकेर खाए पछि...
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.