Advertisements
उर्जामन्त्री राधा ज्ञवालीले तीजमा गरिने खर्चलाई कटौती गरेर भू–कम्प पीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।  नेकपा एमाले रुपन्देही–काठमाडौ सम्पर्क मञ्चले आयोजना गरेको तीज विषेश कार्यक्रममा बोल्दै उनले भूकम्प पीडितहरु अहिले पनि पालमुनि रात काट्न बाध्य भएको बताउँदै उनीहरुको तीजमा खर्च गरिने रकम उनीहरुका लाग खर्च गर्नु सुझाव दिइन् ।‘गहना–कपडामा पैसा खर्च नगर्नुस । त्यो पैसा भूकम्प पीडितका लाग सहयोग गर्नुस’–उनले भनिन् ।  तराईको पीडामा पहाड र हिमाल संगै रहनुपर्ने र हिमाल र पहाडको पीडामा तराईलाई दुख्नुपर्छ भन्दै मन्त्री ज्ञवालीले तराईमा भैरहेका केही अपराधिक घटनाले नेपाली विचको एकता खल्बलिन नहुनेमा जोड दिइन् । ‘नेपाली बिचको एकता खल्वलाउनका लागि प्रयास गरिएको छ । तर, त्यस्ता तत्व सफल हुन सक्दैनन् । हामी सवै मिलेर त्यसलाई परास्त गर्नुपर्छ ’–उनको भनाई थियो ।  सम्पर्क मञ्चले आयोजना गरेको तीज गीत कार्यक्रममा मन्त्री ज्ञवालीले पनि अरु महिलासंगै नाचगान गरेकी थिइन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top