रामहरि गजुरेल, नुवाकोट- रसुवा जिल्लाको लाङटाङमा वैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण गएको हिम पहिरोले पुरिएर बेपत्ता भएका शवहरूको मानव कंकाल धमाधम फेला पर्न थालेको छ। बेपत्ता भइरहेका एक सयभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूमध्ये पछिल्लो दुई सातामा २३ जनाको मानव कंकाल फेला परेको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालका अनुसार लाङटाङमा हराइरहेका शवहरू फेला पर्ने क्रम अझै जारी छ। ‘हिम पहिरोले बेपत्ता हुने १ सय ५ मध्ये अहिले २३ वटा मानव कंकाल पहिरोबाट झिकेका छौं’, गेलालले भन्नुभयो– ‘भेटिएका मानव कंकाल संकलन गरेर प्रहरीलाई राख्न पठाइएको छ।’
तर फेला परेका कंकाल मृतकका आफन्तसम्म पुर्याउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो। प्रतिकूल मौसमका कारण हेलिकोप्टर उडान गर्न नसक्दा कंकाल देखिए पनि संकलनमा कठिनाइ भएको रसुवाका प्रहरी नायब उपरीक्षक प्रवीण पोख्रेलले बताउनुभयो।
यसअघि पनि १७ जना र पछि ५३ जनाको शव प्रहरीको उद्धार टोलीले फेला पारेको थियो। पहिले खोजी गर्दा नभेटिएका शव हिउँ पग्लिएसँगै अहिले यत्रतत्र देखिएको स्थानीयबासीले जानकारी दिएका छन्।
रसुवामा भूकम्पपछि आएको हिमपहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेकोमा त्यसमध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र बेपत्ता थिए। जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएअनुसार अझैं स्वदेशी र विदेशी पर्यटक गरी ८२ जनाको शव भेटिन बाँकी छ। तीमध्ये २२ जना विदेशी पर्यटक, २१ जना स्थानीय बासिन्दा र बाँकी अरू स्वदेशी पर्यटक र भरियाहरू बेपत्ता नै छन्। ‘भेटिएका मध्ये विदेशी कति र स्वदेशी कति भन्ने पहिचान प्राविधिक तथा डीएनए परीक्षणपछि मात्रै पत्ता लाग्छ’ –प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो। बाँकीको खोजी एक सातापछि तीव्ररूपमा थालिने उहाँले जानकारी दिनुभयो। स्रोत : न्यूजअफनेपाल

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.