नेपाल आयल निगमको गगन गौंडा डिपोले पेट्रोलियम पदार्थको संकटमा पनि आज पोखराका १२ वटा पेट्रोल पम्पलाई पेट्रोल उपलब्ध गराएको छ । निगमले १२ वटा पम्पलाई ३/३ हजार लिटरका दरले पेट्रोल उपलब्ध गराएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियनका महासचिव राजन गोगंजुले जानकारी दिए ।
महासचिव गोगंजुका अनुसार पोखराका डि आर आयल स्टोर्स चाउथे, गण्डकी पेट्रोलियम अमरसिंह, साझा पेट्रोलियम बुद्धचोक, नेशनल टे«डिङ बसपार्क, हिमालयन आयल स्टोर्स पृथ्वीचोक, कमला आयल स्टोर्स नागढुंगा, अटो क्लिन नयाँ बजारलाई पेट्रोल उपलब्ध गराएको छ ।
यसैगरी न्यू विवेक आयल स्टोर्स नयाँ बजार, सागर आयल स्टोर्स नयाँ बसपार्क, उत्तम आयल स्टोर्स मिरुवा, पराजुली आयल स्टोर्स सिमपानी र रानी पौवा आयल स्टोर्स रानीपौवा लाई पनि ३/३ हजार लिटर पेट्रोल उपलब्ध गराएको छ । २२ लाख लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल भण्डार क्षमता भएको निगमको डिपो रित्तिदै गएपछि पोखरामा आपूर्ति व्यवस्था असहज बन्दै गएको छ । त्यसैगरी आज नै पोखराका विभिन्न पम्पहरुमा गरी ८४ हजार लिटर डिजेल बितरण गरिएको छ । - बिगन्यूज

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.