Advertisements
भनिन्छ धुँवा त्यहाँबाट निस्कन्छ जहाँ आगो लागेको हुन्छ । ऋतिक रोसनसँग डिबोर्स भएपछि सुजैन र अर्जुन रामपाललाई लिएर मिडियामा चर्चाको बिषय बनिरहेका छन् । हालसालै यी दुई जनालाई एकैसाथ देखिएको र धेरै समय सँगै बिताएको अर्को सनसनी पूर्ण खबर बाहिर अाएको छ ।

उनिहरु सँगै रमाइरहेका थिए देख्नेलाई लाग्दथ्यो उनिहरु एक आपसमा हराइरहेका छन् र एक आपसलाई निक्कै प्रेम गर्छन् । जतिबेला अर्नुन र सुजैनलाई यो आभास भयो कि त्यहाँ भएको भीडले उनिहरुलाई देखिरहेको छ भन्ने उनि छिटो छिटो गर्दै बाहिर निस्किए । केहि समय अगाडी अभिनेता अर्जुन रामपालले ट्वीट मा लेखेका थिए,  ''यो खेल जो खेलिरहेका छन् ति आफ्नै असुरक्षाको भावनाका कारण अगाडि अाइरहेको छ । म अाशा गर्छु कि उनमा अात्मविश्वास अाअोस् र उ आफुलाई छीटो माफ गर्न सकोस्।''

दोस्रो तर्फ यो पनि खबर आएको छ कि अर्जुनले पनि पत्नी मेहर लाई डिभोर्सको लागि कागज दिइसकेका छन् । तर सुजैनको घर परिवार भने उनको दोस्रो विवाहको विपक्षमा रहेका छन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top