Advertisements
मानिसको सम्बन्ध खासमा स्त्री-पुरुषको सम्बन्ध विश्वास र भरोसामा टिकेको हुन्छ । तर यस्तो किन हुन्छ बर्षौ देखीको सम्बन्ध एक झट्का मै छुटिन पुग्छ । अनि किन काँध मा काँध मिलाएर चल्ने ब्यक्ति ले नै धोका दिन्छ ।
महिलाहरु होस् या पुरुष 'धोका' सबैले दिन्छन् । हैफिङ्गटन पोस्टको एउटा सर्वे अनुसार करिब ६० प्रतिशत पुरुष आफ्नो महिला साथीलाई धोका दिन्छन् । यो सर्वे पश्चिमी समाज लाई लिएर बनाइएको थियो तर हाम्रो समाजमा पनि धोका दिनेको अभाव छैन तर एउटा प्रश्न आखिर कस्तो अवस्थामा धोका दिन बाध्य हुन्छन् या धोका दिने अवस्थाको सिजृना हुन्छ । के पुरुषहरुको धोका दिने बानी या जन्मजात गूण नै हो ?

आउनुहोस् र जान्नुहोस् किन पूरुषहरुले धोका दिन्छन् त?
१) भावनात्मक असन्तोष
अलग्गीनु या धोखा दिनुको सबै भन्दा मुख्य कुरा भावनात्मक असन्तोष हो । यस्तो होइन की पुरुषहरु भावुक हुदैनन्, उनिहरुपनि भावुक हुन्छन् । तर जब उनिहरुलाई आफ्नो साथीबाट त्यो भावनात्मक सहयोग मिल्दैन जसको उनिहरुले अपेक्षा गरेका हुन्छन् । यस्तो अवस्थामा उनिहरु बाहिर खोज्न थाल्दछन् । यो नियम दुबैमा लागू हुन्छ ।

२) केही फरक गरौ भन्ने सोच
पुरुष प्राय केही नयाँ गरौ भन्ने सोचमा लाग्ने हुन्छन् । पुरुष आफ्नो दैनिक जीवनमा केही नयाँ चाहन्छन् र सधै रोमान्चक चीजसँग जोडिले खाले हुन्छन् । उनिहरु आफ्नो जीन्दगीबाट चाँडो बोर हुने हुन्छन् यहि कारणले उनिहरु हमेशा आफ्नो साथी बदल्ने कोशीश गर्दछन् ।

३) आनि बानि मा तालमेल को कमी 
कहिले काही पति-पत्नीको आनीबानीमा तालमेल मिल्दैन यस्तोमा कतिपय पुरुष र महिलाको सँग आफ्नो कुरा हरु सेयर हुन पाउँदैन यस्तो हुँदा सम्बन्ध साथीमा मात्र सिमित हुन जान्छ र दोस्रो महिला सँग नजिकको सम्बन्ध बनाउँन थाल्छन् ।

४) महिला सहकर्मी
यदि पुरुष जहाँ काम गर्छन् त्यहाँ केही बढि नै समय बिताइरहेका हुन्छन् यस्तो अवस्थामा यदि त्यहाँ कुनै महिला सहकर्मी छन् भने उसँग लगाव बढ्न सक्छ । कामको शिलसीलामा कुनै पनि महिलासँग भेट्नको लागि सहज बातावरण मिल्दछ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top