Advertisements
जारी भएको संविधानमा मगरहरुका माग मगरात राज्यलाई बेवास्ता गरेको भन्दै,  नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरांत संघर्ष समितिले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । उनीहरुको आफ्नो आन्दोलनलाई अझै निरन्तरता दिने आदीवासी जनजाति महासंघका शेरमान घर्ती मगरले बताउनुभएको छ ।

मंगलबार मगरात स्वायत्त प्रदेश बुर्तिबाङ लेखिएको बोर्ड बाग्लुङको बुर्तिबाङको देवचोकमा टाँगिएकोे छ । बोर्डलाई वन कार्यालयको परिसरमा टाँग्न खोज्दा केहि समय तनाबको सिर्जना भएको थियो । विवाद पछि उक्त बोर्डलाई देवचोकमा राखिएको हो । नेपालको संविधना २०७२ लाई देशव्यापीरुपमा स्वागत गरिरहँदा यहाँ स्थित मगर समुदायका युवाहरुले उक्त संविधानलाई कालो संविधान भनेर विरोध जनाएकाछन् । आदीवासी जनताति महासंघले बागलुङ लगायत आसपासका १९ जिल्लालाई कलस्टर बनाएर मगरात स्वयत्त प्रदेश बनाउने माग अघि सार्दै आएका छन् । उक्त माग जारि संविधान र सिमांकनमा नसमेटिएको भन्दै आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ । सरकारले आफ्ना मागलाई बेवास्ता गरेको खण्डमा आगामी असोज १५ बाट अनिश्चितकालिन आन्दोलन गर्ने बताएकाछन् ।

तस्वीर: धीरेन्द्र घर्ती मगर, बुर्तिवाङ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top