Advertisements
सामान्यतया फोक्सोको क्यान्सर धुम्रपान गर्नेलाई हुन्छ भन्ने गलत धारणा छ  तर, यसलाई पछिल्लो अध्ययनले गलत साबित गरिदिएको छ । किनकी धुम्रपान गर्नेलाई जस्तै कहिल्यै पनि धुम्रपाजनमानिसलाई पनि यस्तो क्यान्सर लाग्ने गरेको बताइएको छ । अर्थात् धुम्रपान गर्ने र नगर्ने दुबैलाई एउटै प्रकृतिको क्यान्सर लाग्ने वैज्ञानिकले दाबी गरेका हुन् । कम्तिमा पनि एक चौथाई फोक्सोको क्यान्सर धुम्रपान भन्दा पनि आफ्नै दुर्भाग्यका कारण हुने गरेको एक बेलायती वरिष्ठ क्यान्सर विज्ञले दाबी गरेका हुन् । धुम्रपान गर्नेलाई लाग्ने एडनोकार्सनोम नाम गरेको फोक्सोको क्यान्सर नगर्नेलाई पनि लाग्न गरेको बेलायती क्यान्सर विज्ञ तथा शल्य चिकित्सक इरिक लिमको दाबी छ । बेलायतमा हरेक वर्ष ४० हजार जनामा फोक्सोको क्यान्सर हुने गरेको छ । तीमध्ये २ हजार क्यान्सरका बिरामीको डा. लिमले शल्यक्रिया र उपचार गरिसकेका छन् । लन्डनको रोयल ब्रोम्पटन र ह्यारिफल्ड अस्पतालमा सन् २००८ देखि सन् २०१४ को बिचमा उनले फोक्साको क्यान्सरका बिरामीका उपचार गरेका थिए । त्यस क्रममा फोक्सोको शल्यक्रिया गरे त्यसभित्रको ट्युमर समेत हटाउन उनी सफल भएका थिए । शल्यक्रियाका क्रममा उनले धुमपान गर्ने र नगर्ने दुबैमा समान अनुपातमा एडनोकार्सनोम नाम गरेको क्यान्सर भएको पाएको बताए । ‘अर्को शब्दमा भन्ने हो भने एडनोकार्सनोम क्यान्सरको उपचार गरिएका धुम्रपान गर्ने मानिसमा जस्तै कहिल्यै पनि चुरोट नपिउनेमा पनि यो रोगको यस्तै सम्भावना देखियो ,’ उनी भन्छन्, ‘सायद दुर्भाग्यका कारण यस्तो भएको हुन सक्छ ।’ ‘त्यसको विपरित चुरोट पिउनेहरुमा स्क्वेमस नाम गरेको साझा फोक्सोको क्यान्सर भएको पाइयो,’ उनी भन्छन् । नेसनल हेल्थ सर्भिसका क्यान्सर विज्ञ समेत रहेका लिमका अनुसार धुम्रपान नगर्दा पनि एडनोकार्सनोम हुन्छ भन्ने विषय केबल एउटा सैद्धान्तिक पक्ष मात्र हो । ‘तपाई चुरोट पिउने वा नपिउने जे भएता पनि एक प्रकारको फोक्सोको क्यान्सर हुने तपाईलाई प्रबल सम्भावना छ,’ उनी भन्छन् , ‘फोक्सोको क्यान्सर केबल पवित्र रुपमा धुम्रपान गर्नेको रोग हो भन्ने धारणा भने बन्द गर्नुपर्छ ।’- स्वास्थ्य खबर

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top